क्रिप्टो करेन्सीका कारण आर्थिक चक्रमा समस्याः संकटकाे वेला पनि मेची सहकारी प्रदेशमै उत्कृष्ट
२८ साउन २०७९/सारासन्देश समाचार
क्रिप्टो करेन्सीका कारण आर्थिक पछिल्लो समयको आर्थिक संकट आएको वित्तीय क्षेत्रका कर्मचारीले बताएका छन् । पछिल्लो समय नेपालका वंैंकहरुमा १० खर्व बढी पैसा बाहिरिएको भए पनि सरकार र वैंकहरुले खोजी नगरेको बताइएको छ । जसले गर्दा पछिल्लो समय सहकारी संस्थालाई समेत समस्या हुन थालेको मेची बहुउदेश्य सहकारी संस्थाले आज पत्रकारसँगको अन्तकृया कार्याक्रममा जानकारी दिइएको छ ।
प्रदेश नम्बर एकमै उत्कृष्ट सहकारीको रुपमा छनौट हुन सफल सहकारीको २८ आंै साधारणसभा र वितीय नीति तथा कार्यक्रमबारे जानकारी गर्न गरिएको कार्यक्रममा आर्थिक संकटको असर सवैभन्दा धेरै वित्तीय संस्था र सहकारीमा देखा परेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताउनु भयो ।
काठमाण्डौंका केही नाम चलेका सहकारीका संचालक फरार हुनु पर्ने अवस्था सहकारी र वितीय निमावली विपरित कार्य गरेकाले समस्या देखा परेको वित्तीय नियम भन्दा बाहिर गएर लगानी गर्दा समस्या आएको उहाँले बताउनु भयो ।
यस्तै कार्याक्रममा पूर्व दमक नगरपालिका प्रमुख सहकारी संस्था सल्लाहकार रोमनाथ ओलीले आर्थिक निमावली र सहकारी ऐन भन्दा बाहिर गएर काम गर्ने जुन सुकै प्रकृतिका सहकारी लगायतका संस्थामा समस्या आउने भएकाले यस प्रति सवै सचेत भएर कार्य गरे आर्थिक संकट आइ नपर्ने बताउनु भयो । तथापि आर्थिक संकटको वेला पनि मेचि सहकारी संस्थाले भने ४० करोड हाराहारी २० प्रतिशत नाफा कमाउन सफल भएको सहकारीले जनाएको छ । वित्तीय क्षेत्रका जानकारबीच गरिएको कार्याक्रममा आर्थिक मन्दि अझै लम्विने हो भने थप समस्या आउने संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताउनु भयो ।
दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले बजारमा आएको असहज परिस्थितीका बाबजुद संस्थाको आर्थिक कारोबार र सेवा क्षेत्रलाई थप फराकिलो बनाउँदै लगेको बताइएकाे छ । कोरोना महामारीका कारण बजारमा उत्पन्न असहज परिस्थिति, मुलुकमा रहेको आर्थिक तरलताका कारण व्यवसायिक कारोबारमा आएको कमिका बाबजुद संस्थाले गत आर्थिक बर्ष २०७८/ ०७९ मा लिइएका सबै लक्ष्य भेटाउन सफल भएको जनाएकाे छ ।
संस्थामा गत असार मसान्त सम्ममा कायम भएका १३ हजार ३ सय १८ सदस्यहरुको शेयर पुँजी ३५ करोड ५५ लाख ७८ हजार ८०० रुपैयाँ पुगेको छ भने संस्थाको जगेडा कोषमा समेत १ करोड ४७ लाख ५९ हजार ९०० रुपैयाँ र अन्य कोषहरुमा ११ करोड ६३ लाख ७३ हजार रुपैयाँ जम्मा भएको छ । अन्तरक्रियामा संस्थाले गत आर्थिक बर्षमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जनाउँदै चालू बर्ष २०७९/ ८० लाई बचत बर्षका रुपमा मनाउने योजना सार्वजनिक गरिएको छ ।
संस्थाले अहिले प्रदेश एकका विभिन्न जिल्लामा रहेका १२ वटा सेवा केन्द्र मार्फत आफना सदस्यहरुसंगको कारोबारलाई निरन्तरता दिइरहेको र छिटटै पूर्वको प्रमुख शहरका रुपमा रहेको इटहरीमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी अन्तकृया कार्यक्रममा जानकारी दिइएकाे छ । कार्यक्रममा सुनसरी, मोरङ्ग, झापा लगायतका विभिन्न संचार माध्यमका पत्रकारले जिज्ञासा समेत राखेका छन् ।