६ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४३ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ४ सय ५६ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै काेराेनाका कारण पछिल्लाे २४ घण्टामा १ जनाकाे मृत्यु भएृकाे छ । याेसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ९३ पुगेकाे छ ।
