अनलाइनमा अवैध धन्दा र किर्ते काराेवार गर्ने दमकबाट ४ जना कन्सल्टेन्सी संचालक पक्राऊ

६ भदौ २०७९/सारासन्देश समाचार
झापाको दमकमा अनलाइनबाट जुवा प्रकृतिको अवैध कारोवार गर्ने र किर्ते कागजातको काम गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरको आरआइटी शाखा, झापा तथा इलाका प्रहरी कार्यालय दमकको सँयुक्त टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
प्रदेशमै पहिलो पटक यस्तो नयाँ प्रकृतिको ठगी कारोवारी गर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक बसन्त पाठकले बताउनु भयो । एक महिनाको अवधिमा ८० लाख बढीको कारोवार गरेको अनुसन्धानबाट खुले पछि गोप्य सूचनाको आधारमा अवैध अनलाईन कारोवारीलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नेपालमा प्रतिवन्धित वान एक्स बेट एप्लिकेशनको प्रयोग गरी अवैध खेल खेलाइएकोमा दमक वडा ं. ८ को पद्मा इन्टरनेशनल कन्सल्टेन्सीका संचालक २५ बर्षीय सत प्रकास साह, सोही कन्सल्टेन्सीका अर्का संचालक २७ बर्षीय राजु श्रेष्ठ पक्राउ परेका छन् ।


यस्तै अरुको नागरिकताबाट एनसेलको सिम निकाली सट्टाबाजी गरी इ सेवाको खाता खोली अवैध कारोवार गरेको अभियोगमा कमल गाउँपालिका वडा नं. २ का योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका संचालक ३० बर्षीय अरुण कार्कीलाई प्रक्राउ गरिएको छ । यस्तै व्रिटीस आर्मी ट्रेनिङ सेन्टर दमकका संचालक ३३ बर्षीय राजु लिम्बु पनि पक्राउ परेका छन् । लिम्बुले इ सेवाबाट लाखौंको अवैध कारोवार र किर्ते छाप र कागजात तयार गरिएको पाइएको सम्मेलनमा जानकारी दिइएको छ ।


पक्राउ गरिएका ४ जनाको कार्यालयबाट विभिन्न कम्पनिको ५ थान ल्यापटप, १४ थान मोवायल, ३ सय २४ थान एनसेलको सिम र एक थान कम्पुटरको सीपीयु नियन्त्रणमा लिइएको छ । पक्राउ गरिएकालाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायब उपरिक्षक दिलिपराज गिरीले बताउनु भयो । लामो समय देखि शंकास्पद व्यवहार देखि पछि उनीहरुको वैंकिङ कारोवार समेत जाँच गर्दा विभिन्न व्यक्तिको नाममा एकाउण्ट खोलेर इ सेवा एकाउण्ट खोलेर कारोवार गर्दै आएको र यो रसियाबाट संचालन हुने गरेको वयानकाक्रममा खुलेको कारोवारका मुख्य एजेन्टको रुपमा पक्राउ परिएको शाह मार्फत थाह भएको गिरीले बताउनु भयो ।
यस्तै एसइइको ग्रेड समेत परिवर्तन गर्ने काम समेत विट्रीस आर्मी टे«निङ सेक्टरले संचालन गरेको पाइएको अनुसन्धानबाट खुलेको बताइएको छ । सरकारी वा सार्वजनिक लिखत किर्ते गर्नेलाइ मुलुकी एेन २०७४ काे दफा  २७४ काे उपदफा ३ (ग) अनुसार सात बर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुनेछ । यस्तै सट्टाबाजी जुवाखेल गर्नेलाइ एक बर्षसम्म कैद र १० हजार रूपयाँ जरिवाना हुने उल्लेख्य गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post राजनेता प्रदिप गिरीकाे अन्त्येष्टिः उच्च नेतृत्वबाट श्रद्धाञ्जली अर्पण(फाेटाे फिचर)
Next post नेपालमा आज ६५८ जना संक्रमित