
२८ पाैष २०७७, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टाको अविधिमा विभिन्न प्रयोगशालामा ५ हजार ३ सय पीसीआर परीक्षण गर्दा ४ सय ३० जना जनामा संक्रमण फेला परेको छन् ।

यस्तै साेही अवधिमा ३ सय ९७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ४४ सय ८ जना आइसोलेसनमा छन् ।

यसैगरी कोरोनाबाट गत २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ ।
