१५ भदाै २०७९, सारासन्देश समाचार–प्रदेश १ का कृषि मन्त्रि झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको पुजा सामाग्रि उत्पादन गर्ने कृषि फर्मको अवलोकन गर्नु भएको छ । उहाँले यसलाई प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै नमुना काम रहेको पाएको बताउनु भएको छ । उहाँले याे कार्य नमूना र फरक भएकाे बताउनु भयाे ।

दिब्य दृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्न प्रा.लि.को पुजा सामाग्रि उत्पादन स्थलमा अाज  पुजा सामाग्रिहरुमा अधिकाँश कृषि उत्पादनहरुको प्रयोग हुँदो रहेछ र यो फरक किसिमको काम देखेर खुशि लाग्यो, मन्त्रि मगरले भन्नुभयो ।  पुजा सामाग्रिमा शुरुवातमा पुर्वी नेपाल र मुलकलाई नै आत्मनिर्भर बनाउने उदेश्यले नव ग्रह समिधा, जटिबुटिजन्य हवन सामाग्रि, नेपालको पहिलो उत्पादन परिमल,  गोमुत्र, गंगाजल, सप्तधान्य, मह, बाटेको धुप  लगायतका सामाग्रिहरु कमलका यूवाहरूले  उत्पादन तथा प्रशोधन र प्याकेजिङ गर्दै अाएका छन् ।

फर्मका सञ्चालक यज्ञ प्रसाद आचार्य र विष्णुप्रसाद पोखरेलले फर्मको बिषयमा जानकारी गराउदै प्रत्यक्ष र अप्रत्यक्ष गरेर ५० भन्दा बढिले रोजगार पाइरहेको जानकारी गराउनु भएकाे छ । गाै मुत्र प्रशोधन केन्द्र स्थापना गर्ने उदेश्य अनुरुप काम भइरहेको समेत सो अवसरमा फर्मका सञ्चालकहरुले जानकारी गराउदै यसमा सहयोग गर्नका लागि आग्रह गरेका छन्  । पुजा सामाग्रिको रुपमा प्रयोग हुने घर आँगनमा पाईने दुबो, कुश, अपमार्ग जस्ता सामाग्रि समेतमा भारतमा आत्मनिर्भर हुनु पर्ने अवस्था रहेको भन्दै नेपाल भर आफ्ना उत्पादन पुर्याउन सहयोग गर्न प्रदेश सरकारसंग माग गर्नु  भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *