१५ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९ सय २० जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या केही घट्न थालेकाे छ । सो अवधिमा १ सय ७५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लाे समय सक्रीय संक्रमितकाे संख्या ३ हजार १ सय ९४ रहेकाे छ ।
