१७ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । २ हजार ८ सय ६९ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या केही घट्न थालेकाे छ । सो अवधिमा ३ सय ९८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लाे समय सक्रीय संक्रमितकाे संख्या ३ हजार १ सय ९४ रहेकाे छ । यसैगरी पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका कारणा ३ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १२ हजार ५ जना पुगेकाे छ ।
