गर्मीले शिक्षणमा समस्याः गौरीगंजका अधिकांश विधालयमा पंखा नहुँदा रुखको छहारीमा अध्यापन

१७ भदौ २०७९/डिकेश लामा

दक्षिणी झापाका अधिकाशं विधालका विधार्थीहरु यतिखेर भवन भित्र नभएर रुखको छहारीमा बसेर पढ्ने गरेका छन् । भवन भएर पनि पंखा जडान नहुँदा गर्मीका कारण विधार्थीले कक्षा कोठामा पढ्न नमाने पछि छहारीको सहायतामा पढाउनु पर्ने बाध्यता रहेको छ । दक्षिणी झापाका अधिकांश विधालयमा विधुत पुगे पनि पंखा जडान नहुँदा विधार्थीहरुलाई पठनपाठनमा समस्या भएको विधार्थी तथा शिक्षकले बताएका छन् । विधालयको भवन भित्र गर्मीले पढाउन नसके पछि रुखको शितल खोज्दै शिक्षा दिनु पर्ने बाध्यता रहेको जनकल्याण आधारभूत विधालयकी शिक्षक उषा मिश्रले बताउनु भयो । मिश्रको अनुसार कक्षा कोठामा बस्दा विधार्थीलाई गर्मीले पढाउनै नसकिए भए पछि छहारीको छाँयामा पढाउँदै आएको बताउनु भयो ।

दक्षिणी भारतीय सिमावर्ती क्षेत्रका प्रायश सवै विधालयमा पंखा जडान भएका छैनन् । कतिपय विधालयमा विधुत समेत पुगेका छैनन् । पंखा नहुँदां टीनको छाना तातेर बस्नै नसक्ने हुँदा रुखको छहारीको सहारामा पढाउनु पर्ने बाध्यता रहेको गौरीगंज गाउँपालिका वडा नं. १ मा संचालित जनकल्याण आधारभूत विधालयका प्रधानाध्यापक भिमबहादुर कार्कीले बताउनु भयो ।

जन कल्याण आधारभूत विधालय जस्तै अन्य २ दर्जन बढी पालिका भित्र रहेका विधालयमा पंखा जडान भएको छैन । पछिल्लो समय अधिक गमी बढ्दै गएको छ । पंखा नहुँदा समस्या हुने गरेको विधार्थी कक्षा ८ मा पढ्ने विधार्थी अजय ताजपुरियाले बताउनु भयो । ताजपुरियका अनुसार कक्षा कोठामा पंखा नहुँदा अधिक गर्मी हुने भएकाले धेरै विधार्थी कक्षा बाहिर रुखको फेदमा बस्ने गरेको बताउनु भयो ।

झापाको धेरै भाग भारतीय सिमावर्ती क्षेत्रमा रहेको गौरीगंज गाउँपालिकामा प्रायश सवै विधालयमा पंखा जडान भएको छैनन् । धेरैमा पंखा नभए पनि बजेट विनियोजन नहुँदा थप समस्या भएको शिक्षा शाखा प्रमुख टंकप्रसाद खरेलले बताउनु भयो । खरेलका अनुसार यो बर्ष पनि पालिकाले विधालयमा पंखा जडानका लागि भनेर बजेट विनियोजन गरेको छैन । तर बढ्दै गएको गर्मी छल्न कुनै श्रोतको विकल्प नगरे अध्यापन गराउँनै समस्या हने उहाँले बताउनु भयो ।

झापामा संचालित साढे ३ सय सामुदायिक विधालयमा झण्डै १ लाख विधार्थीहरुले अध्ययन गर्दै आएका छन् । पछिल्लो समय बढ्दै गएको गर्मीको कारण विधार्थीहरुले विधालय समेत छाड्ने गरेको शिक्षक तथा अभिभावले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २०६जना संक्रमितः ३ जनाकाे मृत्यु
Next post हात्तीको आक्रमणबाट झापा २ जनाको मृत्यु