२० भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ५८ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या केही घट्न थालेकाे छ । सो अवधिमा २ सय ६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लाे समय सक्रीय संक्रमितकाे संख्या २ हजार ४ सय ४४ रहेकाे छ । यसैगरी पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका कारणा कसैले पनि ज्यान गुमाउनु परेकाे छैन । नेपालमा काेराेनाका कारण हालसम्म मृत्यु हुनेकाे संख्या १२ हजार ७ जना पुगेकाे छ ।
