झापामा बृक्षारोपणमा जोडः यस बर्ष ५ लाख विरुवा उत्पादन

२० भदौ २०७९/डिकेश लामा

झापा जिल्लामा यस बर्ष सामुदायिक बनमा विभिन्न प्रजातिका विरुवा रोप्ने कार्यलाई जोड दिइएको छ । डिभिजन बन कार्यालय झापाको माताहातबाट मात्रै ५ लाख विरुवा उत्पादन गरी रोप्ने तथा वितरण गर्ने कार्य गरिएको छ । जलबायु परिवर्तनको असर देखा पर्न थालेसँगै विश्वको ध्यान बृक्षा रोपण तिर गए पनि बन क्षेत्रको उलेख्य विस्तार हुन सकेको छैन । यस बर्ष डिविजन बन कार्यालयले १० हेक्टर क्षेत्रफलमा विरुवा रोपेको छ भने झण्डै ५ लाख विरुवा उत्पादन गरी वितरण गर्ने कार्य गरेको कार्यालयका सहायक बन अधिकृत राजकुमार खत्रीले बताउनु भयो । खत्रीका अनुसार ७ वटा नर्सरीमा ५ लाख विभिन्न प्रजातीका विरूवा उत्पादन गरी धमाधम वितरण भइरहेकाे छ । यस बाहेक निजी तवरबाट संचालन गरिएका नर्सरीहरूले समेत विरूवाहरू विक्री वितरण गर्दै अाएका छन् ।

जिल्लामा ७ वटा नर्सरीबाट उत्पादन गरिएको विरुवा निजी बनलाई पनि वितरण गर्ने गरिएको छ । कार्वन उत्सर्जनलाई कम गर्न बोट विरुवाको महत्वपूर्ण भूमिका भएकाले सामुदायिक बनमा बृक्षारोपणलाई जोड दिन थालिएको छ । जसका कारण क्षेत्रफल समेत बृद्धि हुन थालेको हंसेदुम्से सामुदायिक बनका अगुवा हिमालय दाहालले बताउनु भयो ।सरकारले बाँझो जमिन नराख्न निर्देशन दिँदै आएको छ । पछिल्लो समय जिल्लामा बाँझो रहने जमिनमा वृक्षरोपणलाई जोड दिएको किसानले बताएका छन् ।

झापा जिल्लामा कुल क्षेत्रफलको ११ प्रतिशत झण्डै १९ हजार हेक्टर क्षेत्रमा बन रहेको छ । बनले पर्यावरण संरक्षणसँगै आम्दानी समेत हुन थाले पछि जिल्लामा निजीको बन विस्तार समेत बढ्दै गएको डिभिजन बन कार्यलय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २२१ जना संक्रमित
Next post मुख्यमन्त्री राईलाई मातृशोकः अाजै गरियाे दाहसंस्कार