मुख्यमन्त्री राईलाई मातृशोकः अाजै गरियाे दाहसंस्कार

२० भदाै २०७९,मोरङ–  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । एकीकृत समाजवादीका सचिव समेत रहनु भएका राईकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा अाज विराटनगरस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउपोखरी घर भएकी राईलाई निमोनियाले च्यापेपछि मुख्यमन्त्री राईले उपचारका लागि विराटनगर ल्याउनु भएकाे थियाे । राइकाे अाज किराती संस्कार अनुसार दाह संस्कार गरिएकाे छ । भाेजपुरमै गरिएकाे संस्कार प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू उपस्थित भइ समवेदना प्रकट गरेका छन् । मृतक राईका तीन छोरा र एक जना छोरी रहेकाे मुन्यमन्त्री राइकाे प्रेस सल्लाहकार विश्वबन्धु पाेखरेलले प्रेस विज्ञप्ती मार्फत जानकारी दिइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा बृक्षारोपणमा जोडः यस बर्ष ५ लाख विरुवा उत्पादन
Next post नेपालमा आज ३०० जना संक्रमित