२७ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९ सय ५९ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या तटस्थ रहेकाे छ । सो अवधिमा १ सय ७१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लाे समय सक्रीय संक्रमितकाे संख्या २ हजार २ सय ७१ रहेकाे छ । यसैगरी पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका कारण १ जनाले ज्यान गुमाउनु परेकाे छ । नेपालमा काेराेनाका कारण हालसम्म मृत्यु हुनेकाे संख्या १२ हजार १५ जना पुगेकाे छ ।
