स्वदेशमै रोजगारी सृजना गर्न युवा लक्षित कार्याक्रम थपिँदै (फाेटाे फिचर)

२६ भदौ २०७९/डिकेश लामा

स्वदेशमै रोजगारी सृजना गर्ने उदेश्यले यस बर्ष पनि झापामा यूवा लक्षित कार्याक्रम संचालन गर्न थालिएको छ । कृषि ज्ञान केन्द्र मार्फत ३० लाख रुपयाँ अनुदानमा ३० जना यूवालाई रोजगारी गर्न कृषि क्षेत्रमा अनुदान दिने कार्यक्रमको प्रकृया शुरु गरिएको हो ।

कोरोना कहरसँगै स्वदेशमै रोगजारी सृजना गर्न २ बर्ष देखि शुरु गरिएको यूवा लक्षित कृषि कार्यक्रम यो आर्थिक बर्षमा पनि गरिने भएको छ । यसका लागि ३० जना यूवालाई तरकारी, च्याऊ र मह उत्पादनमा कृषि कार्य गर्नेहरुको छनौट गर्न थालिएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार स्वदेशमै केही गर्न चाहाने विदेशबाट फर्किएर कृषि उद्यम गर्न चाहानेलाई लक्षित गरी प्रदेश सरकार मार्फत अनुदानको कार्यक्रम संचालनको तयारी थालिएको छ । पहिलो चरणमा निवेदन माग गरी छनौटको प्रकृयामा गएको उहाँले बताउनु भयो ।

गत आर्थिक बर्षमा पनि झापाको महेन्द्र राजमार्ग आसपास क्षेत्रका किसानलाई व्यवसायिकरुपमा तरकारी खेती गर्न ९ लाख रुपयाँ बजेट अनुदान उपलव्ध गराएको थियो । यस बाहेक ३० जना यूवाहरुले ३० लाख रुपयाा अनुदान पाएपछि व्यवसायिकरुपमा खेतीमा लाग्न थालेको कमल गाउँपालिका वडा नं. १ बाह्रविगेमा व्यवसायिकरुपमा प्राङगरिक खेती गर्दै आउनु भएका लोकबहादुर पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार ज्ञान केन्द्र मार्पmत आफूले तरकारी गोड्ने मेशिन र टनेल निर्माणमा सहयोग प्राप्त गरेको बताउनु भयो । स्थानीय तहले समेत अध्यक्ष पकेट कार्याक्रम मार्फत मल र विऊमा अनुदान दिएकाले खेतीमा थप हौसल्ला मिलेको उहाँले बताउनु भयो ।

प्रदेश एकमा मिल्क होली डेको अन्त्यः मन्त्री मगर

यस बर्ष कृषिमा नमूना खेती गर्न प्रदेश सरकारले यूवा लक्षित कार्याक्रम समावेश गरिएको हो । प्रदेश सरकारले पूर्वी नेपालको १४ वटै जिल्लामा यूवालाई लक्षित कार्यक्रम निर्माण गरी ज्ञान केन्द्र मार्फत कार्याक्रम तय गरिएको प्रदेश नम्बर एकका कृषि मन्त्री झलकसिंह मगरले बताउनु भयो । मगरका अनुसार तरकारी खेती, मह र च्याउ उत्पादनमा जोड दिइएको छ । यस कार्याक्रमले स्वदेशमै रोजगारी गर्न चाहाने यूवालाई प्रोत्साहन पुग्ने छ । खाटी किसानले अनुदान नपाएको भन्ने गुनासो आउन थाले पछि यस बर्ष देखि उत्पादनमा आधारित अनुदानको कार्याक्रम संचालन थालिएको मन्त्री मगरले बताउनु भयो । उहाँले अव प्रदेश नम्बर एकमा मिल्क होली डेको अवस्था सृजना नहुने बताउनु भयो । प्रदेश सरकारले अव प्रति लिटर दुध विक्रीमा २ रुपयाँ पशुपालक किसानलाई अनुदान दिने समेत बताउनु भयो ।

जिल्लामा अनुदान पाउन थाले पछि पछिल्लो ३ बर्ष यता तरकारी खेती गर्ने किसानहरुको संख्या र क्षेत्रफल समेत बढ्दै गएको छ । तथापि अझै पनि भारतबाट ठूलो परिमाणमा तरकारी आयात हुने भएकाले यसलाई रोक्न सरकारले बृहत योजना संचालन गर्नु पर्ने खेतीमा लागेका यूवाहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १०४ जना संक्रमितः २ जनाकाे मृत्यु
Next post नेपालमा आज १७९ जना संक्रमितः १ जनाकाे मृत्यु