२९ भदाै २०७९,काठमाडौं- पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज १ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ८४ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लाे २४ घण्टामा १ सय ३० सङ्क्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ९१ मा झरेकाे छ । काठमाडौँमा पाँच सय बढी, ललितपुर र चितवनमा दुई सय बढी सक्रिय सङ्क्रमित छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, अर्घाखाँची, हुम्ला, डोल्पा, मुगु, जुम्ला, बझाङ र दार्चुलामा सक्रिय सङ्क्रमित छैनन् ।
सक्रिय सङ्क्रमित मध्ये होम आइसोलेसनमा २ हजार एक सय होम आइसोलेसनमा, ७२ संस्थागत आइसोलेसनमा, १९ आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म १२ हजार १५ ले ज्यान गुमाएका छन् ।
