लागु औषध प्रयोग बढ्दैः ओसार पसारमा संलग्न ३०७ जना पक्राऊ

२ सय मुद्धा दर्ता

२९ भदौ २०७९/डिकेश लामा

झापा जिल्लामा अवैध लागु औषधको प्रयोग बढ्दै गएको छ । जिल्लामा प्रहरीको सक्रियता बढेसँगै कारोवार गर्नेहरुलाई पक्राउ गर्ने कार्य बृद्धि भए पनि कारोवार कम हुन सकेको छैन । जिल्लामा गएको आर्थिक बर्षमा लागु औषध ओसारपसारमा संलग्न मात्रै ३ सय ७ जना पक्राउ परेका छन् । २ सय वटा मुद्धा जिल्ला अदालमा दर्ता भएका छन् । लागु औषध व्यूरो समेत परिचालन भए पछि पक्राउ पर्नेहरुको संख्या पनि बढ्दै गएको छ । तर कारोवार भने घट्न नसकेको जिल्ला प्रहरी कार्यालय झापामा प्रबक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकलले बताउनु भयो । पाठकका अनुसार खुल्ला सिमाको फाइदा उठाउँदै लागु औषध ओसार पसार गर्नेहरुको संख्या बढ्दै गएको छ । भारतमा सस्तो मुल्यमा किनेको खैरो हिरोइन नेपालमामा महँगो मुल्यमा विक्री हुने भए पछि अधिक मात्रमा कारोवार बढेको छ ।

गैरकानुनी कारोवार खुल्ला सिमाको फाइदा उठाउँदै बढ्दै गएका छन् । पूर्वी नेपालमा अधिक मात्रमा काँकडभिट्टा नाकाबाटै लागु औषधको कारोवार बढेको पाइएको छ । बाक्लो बसोवास रहेको भूटानी शरणार्थी शिविरमा समेत लागु औषध प्रयोगकर्ताहरु बढ्दै गएका छन् । जसको कारण सामाजिक सुरक्षामा समेत चुनौती थपिँदै गएको पूर्व शिविर सचिव शिविरका अगुवा युवराज साङपाङ राईले बताउनु भयो । शरणार्थी शिविरभित्र अहिले पनि कतिपय यूवाहरुले लागु औषधको प्रयोग गर्दै आएका छन् । प्रहरीले पक्राउ गरे पनि छाडि हाल्ने गरेकाले नियन्त्रण हुन नसकेको शरणार्थी अगुवाहरुको भनाइ छ ।

झापा जिल्लाको १ सय ४४ किलो मिटर भारतसँग खुल्ला सिमा जोडिएको छ । २ वटा मुख्य भन्सार र १ दर्जन छोटी भन्सार रहेको जिल्लामा अवैध लागु औषध भन्सारकै बाटो भएर धेरै भित्रने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ११९ जना संक्रमित
Next post डेंगु रोक्न दमकमा सरसफाइ र सचेतना