३ करोड बजेटबाट प्राङगरिक मल कारखाना संचालन गरिने

३० भदौ २०७९/बालदिवश तामाङ

कृषि मन्त्रीकाे क्षेत्र शिवसताक्षीमा १ कराेडकाे याेजना

झापा–बजारमा बर्षेनी रासायनिक मलको अभाव हुन थाले पछि सरकारले नै प्राङगरिक मल उत्पादनमा चासो देखाएको छ । यस बर्ष संघ र प्रदेश सरकारको बजेटमा कारखाना मार्फत बृहतरुपमा मल उत्पादन गर्ने कार्यक्रम अगाडि बढाएको छ । खेतीका लागि अति आवश्यक रासायनिक मलको विकल्पमा तीनै तहको सरकारले जैविक मल उत्पादनका लागि कारखाना संचालन गरिने भएको छ ।

रासायनिक मल किसानको मागको आधारमा उपलव्ध गराउन समस्या भोग्दै आउनु परेको अवस्थालाई मध्यनजर गर्दै चालु आर्थिक बर्षमा प्रदेश नम्बर एकमा ३ करोड बजेट विनियोजन गरेको प्रदेश नम्बर एकका कृषि मन्त्री झलकबहादुर मगरले बताउनु भयो । मन्त्री मगरका अनुसार शिवसताक्षीमा मात्र एक करोडको बजेटबाट कारखाना संचालन गर्ने कार्यक्रम अगाडि बढाइएको बताउनु भयो । कारखाना संचालनमा आए पछि प्राङगरिक खेतीमा लागेका किसानलाई सहज हुनेछ भने अन्य किसानलाई समेत प्राङगरिक उन्मुख खेती तर्फ थप आकार्षित गर्ने कृषि क्षेत्रका अगुवाले बताएका छन् ।

यस अघि जैविक मल बनाउँन प्रति केजी ५ रुपयाँ प्रोत्साहन अनुदान उपलव्ध गराउँदै आएकोमा यस बर्ष १० रुपयाँ उपलव्ध गराइने छ । यसले गर्दा स्थानीय स्तरमा पनि किसानहरुले जोड दिएर प्राङगरिक मल उत्पादन गर्ने बताएका छन् । पूर्वी नेपालमा जैविक मलको उत्पादनमा लागेका किसानहरुले समेत सरकारले जैविक मलमा ठूलो बजेट ल्याए पछि खुशी बनेका छन् । ३ बर्ष देखि ठूलो परिमाणमा जैविक मल उत्पादन गर्दै आएका कमलका किसानहरु अझै बृहतरुपमा उत्पादन तर्फ उन्मुख हुने प्राङगरिक मल उत्पादन गर्दै आएको आइपीएम कृषी सहकारी संस्थाका अध्यक्ष याम राईले बताउनु भयो ।

झापा जिल्लामा पछिल्लो समय रासायनिक मलको विकल्पमा किसानहरुले जैविक मलको प्रयोगलाई जोड दिन थालेका छन् । चालु आर्थिक बर्षमा प्रदेश नम्बर एकमा ठूलो परिमाणमा मल उत्पादन गर्न कारखाना संचालनको तयारी थालेकाले प्राङगरिकउन्मुख खेतीमा लागेका किसानहरुलाई सहज हुने उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १२६ जना संक्रमित
Next post शिवसताक्षीमा आधारभूत स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति गठन