शिवसताक्षीमा आधारभूत स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति गठन

३० भदौ २०७९/सारासन्देश समाचार
झापाको शिवसताक्षी नगरपालिका वडा नं. १ मा नव निर्मित आधारभूत स्वास्थ्य केन्द्रको आज व्यवस्थापन समिति गठन भएको छ । साे वडाका अध्यक्ष लक्ष्मिप्रसाद चेम्जोङ्गको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको छ ।
समितिको सदस्यहरुमा नन्दि किशोर भट्टराई, कल्पना शेर्मा, दिलकुमारी बस्नेत, शान्ति देवान, चन्द्रकान्त बजगाँई र सदस्य सचिवमा रञ्जना तामाङ रहेका छन् । वडाका बुद्धिजीवि तथा सामाजिक अगुवाको भेलामा गरिएको व्यवस्थापन समितिले नगरबासीको स्वास्थ्य उपचार र केन्द्रको व्यवस्थापनमा थप टेवा पुग्ने नगर स्वास्थ्य शाखाका प्रमुख संजय ठकुरीले बताउनु भयो ।
स्वास्थ्य केन्द्रमा हाल सिनियर अहेव रञ्जना तामाङको नेतृत्वमा ३ जना कर्मचारीले संचालन गर्दै आएका छन् । अन्य कर्मचारीमा स्टाफ नर्स किरण राई र कार्यलय सहयोगी चन्द्रकला ओझा रहेका छन् । नयाँ स्वास्थ्य केन्द्र संचालन भएसँगै ग्रामिण क्षेत्रका नागरिकमा स्वास्थ सेवामा टेवा पुगेको सेवाग्राहीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ३ करोड बजेटबाट प्राङगरिक मल कारखाना संचालन गरिने
Next post नेपालमा आज ६३ जना संक्रमित