
इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पताल आंशिक रूपमा भत्किएपछि कम्तीमा ३४ जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
शुक्रवार सबेरै एउटा सानो भूकम्पको गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो।

उद्धारकर्मीहरूले अस्पतालको भग्नावशेषमा जीवित मानिसहरू छन् कि भनेर खोजिरहेका छन्।
भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन्।
समचाार बीबीसी नेपाली समाचारबाट साभार गरिएकाे हाे ।
