३ माघ २०७७,काठमाडौँ – पछिल्लो २४ घण्टामा २४ घण्टामा ४ सय ७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । यस्तै शनिबार थप २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ५६ संक्रमितको संख्या पुगेको छ ।त्यसैगरी देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ५८ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ८ हजार ९४४ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ सय ३१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५४ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *