९ असाेज २०७९,काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । ३ हजार २४ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लाे २४ घण्टामा १ सय जना सङ्क्रमणमुक्त भएका छन् । यसैगरी देशभर काेराेना संक्रमितकाे संख्या १ हजार २ सय २३ जनामा झरेकाे छ । पछिल्लाे २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेकाे छैन । नेपालमा हालसम्म १२ हजार १७ जनाले ज्यान गुमाइसकेका छन् ।
