चोरीको माछाले नेपाली बजारमा चुनौतीः तत्काल भारतबाट अवैधरूपमा भित्रने मरेका माछा राेक्न किसानकाे माग

१० असोज २०७९,डिकेश लामा

खुल्ला सिमानाको फाइदा लिँदै चोरीको बाटो भएर भारतबाट भित्रने माछाले नेपाली किसानहरु मारमा परेका छन् । माछामा आत्मानिर्भरउन्मुख बन्दै गएको प्रदेश नम्बर एकका किसानले अवैध माछाको कारोवारले समस्या भएको भन्दै तत्काल रोक्न माग गरेका छन् । पछिल्लो समय पूर्वी नेपालमा माछा पालक किसान बढ्दै गइरहेको वेला माछाको बजारमा भने समस्या हुन थालेको छ । भारतबाट चोरीको बाटो भएर भित्रने माछाले गर्दा किसानले भने जस्तो मुल्य नपाएको प्रदेश नम्बर एकमै बृहतरुपमा माछा पालन गर्दै आउनु भएका आरएनआर एग्रो प्रालिका संचालक राम पौडेलले बताउनु भयो । सुनसरी जिल्लाको इनरूवा ४ मा १ सय ४० विगाहमा माछा पालन गर्दै अाउनु भएका पाैडेलले दैनिक १ हजार ५ सय केजी माछा विक्री गर्दै अाउनु भएकाे छ । विभिन्न जिल्लामा १६ वटा विक्री केन्द्रबाट ताजा माछा पनि २ सय २० रूपयाँ विक्री गर्दा पनि भारतबाट केमिकल्स लगाएकाे चाेरी अर्थात अवैध बाटाे भएर अाएकाे माछासँग प्रतिस्पर्धा गर्न समस्या भएकाे उहाँले बताउनु भयाे ।

केही दिन अघि मात्र झापा, मोरङ, सुनसरी तथा इनरुवा लगायतका व्यवासायिक माछा पालक किसानले कृषि मन्त्रालयमा चोरीको माछा नियन्त्रणका लागि ज्ञान पत्र बुझाएका छन् । ज्ञापन पत्र लिँदै माछामा अवैध तवरले हुने कारोवार न्यूनिकरण गर्न प्रयास गरिने प्रदेश नम्बर एकका कृषि मन्त्री झलकबहादुर मगरले बताउनु भयो । मगरले तत्काल प्रदेशकाे उच्च सुरक्षा दलसँग बसेर यसकाे नियन्त्रणमा पहल गर्ने बताउनु भयाे ।

अवैधरुपमा भित्रिएका माछा प्रहरी प्रशासनले भेटेसम्म नष्ट समेत गर्ने गरेका छन् । तर कतिपय स्थानमा प्रहरी प्रशासनले नियन्त्रण गर्न नसकेको नेपाल मत्स्य व्यवसायी संघ प्रदेश नम्बर एकका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनु भयो । पूर्वी नेपाल माछामा आत्मानिर्भर बन्दै गएको छ । तर भारतबाट सस्तो मुल्यमा भित्रने मरेका माछाका कारण नेपालको बजारमा दिनानुदिन समस्या बढ्दै गएकाले अवैध आयतित माछा पूर्णरुपमा रोक्न किसानले माग गरेका छन् ।


यस्तै एक साता अघि मात्रै माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको बिर्तामोडमा सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको थियाे  । बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईँका अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपूर्व (बुद्धशान्ति, बिर्तामोड, कनकाई, अर्जुनधारा, कचनकवल, झापा गाउँपालिका)का पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूको भेलाले भारतबाट आयात गरिने मरेका माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेको छ । बजार अनुगमनका क्रममा अस्वस्थकर मरेका माछा बिक्री वितरण भइरहेको पाइएपछि आ–आफ्नो पालिकामा मरेका भारतीय माछा बिक्रीमा रोक लगाउने निणर्य गरिएको बिर्तामोड नगर प्रमुख प्रसाईँले जानकारी दिनुभयो । याे निर्णय कडाइका साथ कार्यन्वयन गर्ने हाे भने नेपालमा माछा पालन गर्ने किसानलाइ सहज हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५१ जनामा सङ्क्रमण पुष्टि
Next post नेपालमा आज ५४ जनामा सङ्क्रमण पुष्टि