४ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ४ सय जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६१ हजार ४ सय ४४ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको छ । याे वृद्धि दर ३ दिन यता शून्य दशमलव १ प्रतिशतले बढेकाे हाे । यस्तै आज थप २ सय ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ५ सय ८ जनाको गरिएको पीसीआर परीक्षणमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ५९ रहेको छ ।

यस्तै प्रदेश नम्बर एकमा गत २४ घण्टामा माेरङमा ३ र सुनसरीमा १ गरी ४ जनामा संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *