झापामा १४ जनाको उम्मेदवारी फिर्ता

२६ असोज २०७९/झापा
राष्ट्रिय चासोको रुपमा हेरिएको झापाको ५ वटा निर्वाचन क्षेत्रमा १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।
५ वटा प्रतिनिधिसभाको पदमा परेको १ सय १ जनाको उम्मेद्वारीमा ६ जनाको फिर्ता भएको छ । यस्तै १ सय ६ जनाको उम्मेद्वारी परेको १० पदको प्रदेशसभा सदस्य पदमा ८ जनाको उम्मेद्वारी फिर्ता भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
जिल्लामा शीर्ष नेतृत्वको रुपमा क्षेत्र नं. ५ बाट नेकपा एमाले अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बन्नु भएको छ । उहाँले यस अघि हराएका नेपाली काँग्रेशका महाधिवेशन प्रतिनिधि डा. खगेन्द्र अधिकारीसँग नै चुनाव लड्दै हुनु हुन्छ ।
यस्तै क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेपाली काँग्रेश नेता कृष्ण सिटौलासँग चुनावमा भिड्दै हुनु हुन्छ । लिङ्देन एमालेसँगको तालमेलबाट निर्वाचनमा होमिनु भएको छ भने सिटौला गठबन्धनबाट चुनाव लड्दै हुनु हुन्छ । यस्तै निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेशका महामन्त्री विश्व प्रकाश शर्माको उम्मेद्वारी रहेको छ । उहाँले नेकपा एमालेका नेता अग्नि खरेलसँग प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Vulkan Vegas 50 Free Spins Fifty Spinów Na Guide Of Dead
Next post अवैध कपडा र मानिस सहित काठ बरामद