कोरोना पछि झापामा सन्थाल जातिको लोपोन्मुख दासाई नाच भव्य मनाइयो (फोटो फिचर)

२५ असोज २०७९/डिकेश लामा

कोरोना कहरले गर्दा रोकिएको तराईका आदिबासी मुलका सन्थाल जातिले मेलामा नाचिने दासाईं नाच यो बर्ष भने धुमधामसँग मनाएका छन् । दशंैको शुरुवात देखि अन्त्यसम्म गरिने दासाइ नाच विभिन्न स्थानका मेलामा हर्सोल्सासका साथ प्रदर्शन गरी समापन गरिएको छ । कोरोना कहरले २ बर्षसम्म सुनसान बनेको दशैंका मेला तथा साँस्कृतिक कार्याक्रम यो बर्ष भने धुमधाम सँग भएको छ । खासगरी लोपोन्मुख सन्थाल जातिले नाचिने दासाईं नाच हेर्न यो बर्ष झापाका विभिन्न मेलामा मानिसहरुको घुँइचो लागेको छ ।

दशैंमा खासगरी झापाको गौरीगंज, गौरादह, हल्दिबारी, बाह्रदशी, शिवसताक्षी लगायतका पालिकामा लाग्ने दशैं लक्षित मेलामा सन्थाल नाच प्रर्दशन गरिन्छ । तर लामो कोरोना कहरले यस बर्ष भने जस्तो नाच प्रर्दशन हुन नसकेको २० बर्ष देखि नृत्य गर्दै आउनु भएका झापा गाउँपालिकाका गणेश सोरेनले बताउनु भयो । सोरेनका अनुसार विगत केही बर्ष अघि भन्दा सँस्कृति संरक्षणमा चासो दिए पनि उल्लेख्य सहभागिता भने बढ्न सकेको छैन ।

एउटा समूहको नाचमा २० देखि ४० जनासम्म मिलेर सन्थाल नाच नाचिन्छ । दशैं आउनु भन्दा एक ढेड महिना अघि देखि नै अभ्यास गरिने यो नाच अहिले विस्तारै घट्दै गएको सन्थाल जातिका अगुवा मन्ठु सोरेनले बताउनु भयो । उहाँको अनुसार एक ढेड महिना अघि देखि नै गुरु थापेर तान्त्रिक विधिबाट नाच सिक्ने गरिने उनीहरुको समूदायमा विश्वास रहेको छ । त्यसैले पनि यो नृत्य गर्न विशेष तालिम लिनु पर्ने उहाँले बताउनु भयो । यस बर्ष झापाको गौरीगंजमा भएको

गाैरीगंज गाउँपालिकाकाे खजुरगाछीमा लागेकाे दशैं मेला

दुर्गा देवीको तान्त्रिक विधिबाट पूजा गर्न सन्थाल जातिले आफ्नै तवरले परापूर्वकाल देखि नै नाचगान गर्र्ने गर्दछन् । तर पछिल्लो समय यूवाहरु वैदेशिक पलायन हुने र नाच्ने मान्छेको अभाव हुन थाले पछि सन्थाल जातिको दासाई नाच हराउँदै गएको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post तासमा विवाद हुँदा हत्या गरेको अभियोगमा ३ पक्राउ
Next post Vulkan Vegas 50 Free Spins Fifty Spinów Na Guide Of Dead