हराइएका दुई किशाेर किशाेरीकाे शव जंगलमा गाडेकाे अवस्था फेला

३० असाेजथ २०७९,दाङ- हत्या पश्चात् जंगलमा गाडिएको अवस्थामा दुई जना किशाेर अवस्थाका बालबालिकाको शब फेला परेको छ ।

तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोही ठाउँका दुई किशाेरीको शब गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आचार्य र १४ वर्षकी रोशनी महतारालाई आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । दुवै जनाको शव एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी, जनप्रतिनिधि र स्थानीयले शबको उत्खनन गरेपछि पहिचान खुलेको छ ।

शबलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लागिएको छ । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । हत्याबारे अनुसन्धान भइरहेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हार्दिक श्रद्धाञ्जलीः शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ बर्षकाे उमेरमा निधन
Next post Bonus Bez Depozytu W Kasynie Vulkan Vega