पुल नबन्दा सडक संचालनमा समस्याः चुनावी नारामा सँधै बनिने पुल एक दशकमा पनि अधुरै (फाेटाे फिचर)

३१ असोज २०७९/डिकेश लामा

बहुप्रतिक्षित हुलाकी सडकमा पर्ने मुख्य दुई वटा पुल समयमा नबन्दा निर्माण सम्पन्नको तयारीमा पुगेको कालोपत्रे सडक संचालनमा समस्या भएको छ । झापाको ४८ किलोमिटर सडक खण्डमा पर्ने विरीङ्ग र कन्काई नदिको पुल एक दशक वितिसक्दा समेत नबनेकाले यात्रुलाई समस्या भएको छ ।

झापाको कन्काई नदिमा ४ बर्षमा सक्ने भनेर थालिएको पुल एक दशक वितसक्दा समेत आधा पनि निर्माण भएको छैन । पुल समयमा नबन्दा सँधै जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता बषौं देखि हट्न नसकेको स्थानीय बासिन्दाले बताएका छन् । पुल नबनेकाले अझै पनि डुङ्गाकै भरमा जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानीय अगुवा इश्वर माझीले बताउनु भयो । माझीका अनुसार पुल बर्षेनी बन्छ तर कछुवाको गतिमा मात्र । बर्षमा आधा पनि समय काम नगरेको लामो समय पप्पु कन्ट्रक्शन कम्पनीले अलपत्र छाडेकाले पुलले गति लिन नसकेको बताउनु भयो ।

हुलाकी सडकखण्डमा पर्ने कन्काई पुल जस्तै अन्य पुलहरुले पनि समस्या दिएको छ । हुलाकी सडक निर्माण भएको झापा र गौरीगंज क्षेत्रमा पर्ने सानो माइ, विरीङ्ग र रतुवा पुल नबन्दा सडक भएर पनि वारीपारी गर्न समस्या भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउनु भयो । शाहका अनुसार सडकको काम अति तिव्र गतिमा बनेको छ । मोतिदान कन्ट्रक्सन कम्पनीले गुणस्तर र चाँडो काम गरेर देखायो तर पुल निर्माण गर्ने कम्पनिले अति सुस्त काम गरेकाले तत्काल निर्माण गर्न अनुरोध समेत गर्नु भएको छ ।
यस्तै यता गौरीगंज गाउँपालिका र रतवामाइ नगरपालिकाको सिमानामा पर्ने रतुवा खोलाको पुल निर्माण गर्न थालेको झण्डै ढेड दशक भइसकेको छ । ३ पटक प्रधानमन्त्री बन्दा समेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुल निर्माणमा चासो नदेखाएको स्थानीय आदिवासी समूदायको आरोप छ । स्थानीय अगुवा थकालुप्रसाद गन्गाईका अनुसार पिछाडिएका समूदायमा कुनै पनि नेतृत्वको नजर पर्न नसकेको गुनासो पोख्नु भयो ।

अधुराे रतुवा पुल जुन ढेड दशक अघिदेखि निर्माण थालिएकाे हाे ।

झापा जिल्लामा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने ४८ किलो मिटर सडक कालोपत्रेको अन्तिम चरणको काम भइरहेको छ । तर सडकखण्डमा पर्ने १८ वटा पुल मध्ये अझै मुख्य २ वटा ठूला नदिको पुल नबन्दा सडक भएर पनि वारीपरी गर्न समस्या भएको स्थानीयले बताएका छन् । बहुप्रतिक्षित हुलाकी सडक झापा क्षेत्रमा करिव सम्पन्न हुने तयारीमा पुगेको छ । सडक कालोपत्रे भइसक्दा समेत दशक अघि देखि निर्माण थालेको पुल नबन्दा सडक संचालनमै समस्या भएको स्थानीय बासिन्दाले गुनासो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Bonus Bez Depozytu W Kasynie Vulkan Vega
Next post संस्कृतिविद् जोशीको निधनको शोकमा भाेलि देशभर सार्वजनिक बिदा