६ कार्तिक २०७९,काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । १ हजार २ सय ५० जनाकाे नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लाे २४ घण्टामा ५९ जना सङ्क्रमणमुक्त भएका छन् । यसैगरी देशभर काेराेना संक्रमितकाे संख्या ६ सय ९६ जनामा झरेकाे छ ।
