विपन्न वस्तीमा वेरुजुः घर बनाउन लिएको पैसा अन्यत्र खर्च (फाेटाे फिचर)

६ कार्तिक २०७९/डिकेश लामा

झापामा विपन्न परिवारका लागि घर बनाउन दिइएको रकम वेरुजु देखिएको छ । अति विपन्न परिवारलाई घर बनाउन भनी सुरक्षित नागरिक आवास अन्तर्गत दिइने रकमबाट घर बन्न नसक्दा धेरै परिवारको नाममा वेरुजु देखिएको हो ।  दमक नगरपालिका वडा नं. ९ चिया बगान नजिक सीता दर्जी ४० बर्ष देखि बसोवास गर्दै आउनु भएको छ । सुरक्षित नागरिक आवास अन्तर्गत सरकारले पहिलो किस्ता २९ हजार उपलव्ध गराएको एक बर्ष वितिसक्दा उहाँको घर अझै अधुरै छ । घर निर्माण सम्पन्न नभई दोस्रो किस्ता सरकारले नदिने भए पछि उहाँलाई यतिखेर घर बनाउनै ठूलो समस्या छ ।

सीता दर्जीले जस्तै दमक नगरपालिकामा मात्र ५३ घर परिवार घर बनाउन नसकेकै कारण वेरुजुमा परेका छन् । विपन्न परिवारलाई प्रति घर ५० हजार रुपयाँ उपलव्ध गराउँदै आएको भए पनि हालसम्म अघिल्लो आर्थिक बर्ष सहित ६६ वटा घर परिवार वेरुजुमा परेको सघन शहरी विकास तथा भवन निर्माण आयोजनाकी सुपरीवेक्षक इन्दु न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार पहिलो किस्ता स्वरुप लिइने ३० हजार रुपयाँ घर निर्माणमा भन्दा पनि अन्य क्षेत्रमा खर्च भए पछि घर निर्माण अपुरो हुने गरेको छ ।

घर बनाउँन दिएको ५० हजार रुपयाँ अगुप हुने गरेको छ । रकम थोरै भएकै कारण घर बनाउन नसक्दा वेरुजु देखिएको उनीहरुले बताएका छन् । संघीयता कार्यान्वयनसँगै झापा जिल्लामा तराई मधेस सम्मृद्धि कार्याक्रम, जनता आवास, सुरक्षित नागरिक आवास लगायत अन्य सहयोगी दाताको सहयोगमा झण्डै १० हजार भन्दा धेरै घर बनिसकेका छन् । तर अझै पनि ग्रामिण क्षेत्रमा सरकारको नजर पुग्न नसक्दा उचित आवासको अभावमा धेरै परिवारहरु कष्टकर जिवन विताउँन बाध्य भएको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४१ जनामा संक्रमण
Next post नेपालमा आज ४२ जनामा संक्रमणः नयाँ भेरियन्ट देखा परेकाले सवै सचेत रहन आग्रह