काेच समूदायकाे हुक्काहुक्की सँस्कृति संरक्षणमा चासो (फाेटाे फिचर)

८ कार्तिक २०७९/डिकेश लामा

खासगरी तराईका कोच समूदायमा तिहार पर्वमा सन्ठीको आगो बालेर पूर्खा प्रति श्रद्धाभाव प्रकट गर्न गरिने साँस्कृति हुक्का हुक्की यस बर्ष हर्षोल्लासका साथ मनाइएको छ । २ बर्ष कोरोना कहरका कारण रोकिएको हुक्काहुक्की यस बर्ष सामुहिकरुपमा भेला भएर विभिन्न स्थानमा मनाइएको छ । राजवंशी समाज विकास समिति गौरीगंगका विभिन्न वडाको आयोजनामा गरिएको सामुहिक हुक्काहुक्की कार्याक्रममा जातीय सँस्कृतिका गीत, नृत्य प्रस्तुत गरिएको छ । यस्तै गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा राजवंशी समाज विकास समितिकाे केन्द्रीय भवन निर्माणका लागि ३ कठ्ठा जग्गा दान दिएका धन्ञ्जय राजवंशी र महाविर चिलाराय स्तम्भकाे निर्माण का लागि १० धुर जग्गा निशुल्क दान दिएका कृष्णप्रसाद राजवंशीलाई दाेसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएकाे छ ।

कोच समूदायको साँस्कृतिक पर्व हुक्काहुक्की झापा जिल्लामा यस बर्ष विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ । पूर्वी तराईका आदिबासी कोच समूदायको सँस्कृति हुक्काहुक्की संरक्षणमा केही सचेतना आएको भए पनि राज्यले आवश्यक बजेट विनियोजन गर्न नसकेको आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव कमलप्रसाद राजवंशीले बताउनु भयो । राजबंशीका अनुसार यस अघिका बर्षहरु सरकारले छुट्याउने बजेट पनि घटाएको छ । जसले गर्दा ५९ वटा आदिवासी जनजाजिलाई जम्मा २ करोड बजेट यथेष्ट नहुने बताउनु भयो ।

पाटाको सन्ठी बालेर आकाश तिर आगो फाल्दै पितृको नाममा पूजापाठ गरेर मनाइने हुक्काहुक्कीले कोच समूदायको पहिचान संरक्षणसँगै एकतामा समेत बाँधेको छ । यो पर्वले पूर्खाको सम्मानसँगै सँस्कृतिको विकासमा टेवा पुगेको आदिवासी समूदायका विज्ञ डा. सोमबहादुर धिमालले बताउनु भयो । हुक्काहुक्कीले सँस्कृति संरक्षण मात्र नगरी आदिवासी समूदायको पहिचान समेत स्थापना गरेको छ । त्यसैले यसको संरक्षणमा सवैको सहयोग आवश्यक भएको समूदायका अगुवाहरुले बताएका छन् ।

खासगरी पूर्वी तराईका झापा, मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्ने राजबंशी, ताजपुरिया, ऋषिदेव, माझी आदि जातिले हुक्काहुक्की तिहारमा मनाउने गर्दछन् । सन्ठीमा आगो बालेर मनाइने हुक्काहुक्कीको संरक्षणमा राज्यले नै चासो दिनु पर्ने समूदायका अगुवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चियाले मुल्य नपाउँदा समस्याः झण्डै २ अर्व मुल्यको चिया गोदामै थन्कियो
Next post भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको ५७ अैा‌ं प्रधानमन्त्री