झापामा हर्सोल्लासका साथ छठ सम्पन्नः शीर्ष नेताहरू छठ पूजामै पुगेर भाेट माग्दै (फोटो फिचर)

१४ कार्तिक २०७९/ डिकेश लामा
लामो कोरोना कहरले चाडपर्व मनाउन समस्या भइरहेको वेला यस बर्ष झापामा भने हर्सोल्लास्का साथ छठ पर्वको पूजा सम्पन्न गरिएको छ ।
झापा जिल्लाको मेची, कन्काइ, विरीङ,, रतुवा लगायतका मुख्य ६ वटा ठूला नदि तथा खोलामा हिजो देखि थालिएको पूजा रातभर जाग्रम बसी आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिएको छ । केही बर्ष अघिसम्म तराई मुलका बासिन्दाले मात्र मनाउने छट पछिल्लो समय पहाडिया समूदायले समेत मनाउँन थालिएका छन् । केही बर्ष अघिसम्म मधेसी समूदायले मात्र मान्ने छठ अहिले सवैले मान्न थाले पछि व्यापक बन्दै गएको पूजामा सहभागी दमकका अगुवा महिला गीता खनालले बताउनु भयो ।  परिवारमा सुख, शान्ति र समृद्धिका लागि गरिने छठ पूजा यस बर्ष जिल्लाका सवै खोला तथा नदिहरुमा हर्सोल्लासका साथ मनाइएको हो । तर मानिसको चाप अधिक हुने पूजास्थलमा माक्सको प्रयोग भने खासै भएको छैन ।
निर्वाचन समेत नजिकिएकाले कतिपय शीर्ष नेतृत्व समेत छठको पूजा स्थलमा पुगेर भेटघाट समेत गरेका छन् । पर्वलाई सुरक्षित बनाउन निर्वाचनका लागि तयारी गरिएको म्यादी प्रहरी सहितका सुरक्षाकर्मी समेत परिचालन गरिएकाले सवै तिर शान्तिपूर्वक पर्व समापन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिनु भएको छ ।


शीर्ष नेता छठ पूजामा


यसैबीच लामो कोरोना कहर पछि भव्य बन्दै गएको छठ पूजामा यस बर्ष शीर्ष नेतृत्वहरुले पूजा स्थलमै पुगेर भेटघाट तथा शुभकामना आदान प्रदान गर्ने अवसर पाएका छन् । घर घर पुगेर मतदातालाई भेट्नु भन्दा मानिसको जमघट हुने स्थललाई सदुपयोग गर्दै शीर्ष नेताहरु झापाका मुख्य ७ वटा नदि तथा खोलाका छठ स्थलमा पुगेर भेटघाट गरेका छन् ।
३ दिन देखि पूर्व प्रधानमन्त्री केपी ओलीले आफू उम्मेद्वार बनेको क्षेत्रमा चुनावी अभियान अन्तर्गतका कार्याक्रममा सहभागी हुँदै आउनु भएको छ । आज दमकका छठको अवलोकन गर्दै केही स्थानका कार्यक्रम समेत भ्याएर काठमाण्डौं फर्कदै हुनुहुन्छ । यस्तै नेपाली काँग्रेशका महामन्त्री गठबन्धनबाट झापा क्षेत्र नं. १ का उम्मेद्वार बन्नु भएका विश्वप्रकाश शर्माले समेत छठको पूजा स्थलमा पुगेर भेटघाट तथा शुभकामना आदान प्रदान गर्नु भएको छ । झापा जिल्लामा नेपाली काँग्रेशका महामन्त्री शर्मा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र एमालेका अध्यक्ष ओलीको निर्वाचनलाई जनताले निक्कै चासो साथ हेरेका छन् । झापाको क्षेत्र नम्बर एकमा नेकपा एमालेका तर्पmबाट अग्नि खरेल र गठबन्धनका तर्फबाट नेकाका महामन्त्री शर्माबीच प्रतिष्पर्धा हुँदैछ ।
यस्तै क्षेत्र नं. ३ मा नेकपा एमालेसँगको तालमेलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र गठबन्धनका तर्फबाट नेका प्रभावशाली नेता कृष्ण सिटौलाबीच प्रतिष्पर्धा हुँदैछ । यस्तै निर्वाचन क्षेत्र नं. ५ मा यस अघि पनि विजय प्राप्त र पराजित बन्नु भएका एमालेका अध्यक्ष ओली र नेकाका महाधिवेशन प्रतिनिधि डा. खगेन्द्र अधिकारीबीच नै पुन प्रतिष्पर्धा हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post छठ हर्षाेल्लासका साथ साझा सँस्कृति बन्दै (फाेटाे फिचर)
Next post माओवादी केन्द्र शिबसताक्षीका कार्यकर्ताकाे राजिनामा नामक भ्रामक समाचार प्रति नाम जाेडिएकाबाटै आपती