माओवादी केन्द्र शिबसताक्षीका कार्यकर्ताकाे राजिनामा नामक भ्रामक समाचार प्रति नाम जाेडिएकाबाटै आपती

१४ कार्तिक २०७९, झापा– नेकपा माओवादी केन्द्र शिवसताक्षी नगर सहसचिव भुवन सेन्दाङसहितका ४० जना पार्टी सदस्यहरुले पार्टी छाडेको भन्दै सामाजिक संजाल सहित केही अनलाइन सञ्चारमाध्यममा आएको समाचार प्रति ध्यानाकर्षण भएको बताइएकाे छ ।
आफूहरुको समेत नाम जोडी माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि राजीनामा गरेको भन्ने आएको समाचारमा कुनै सत्यता नरहेको उनीहरुद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पार्टी भित्र असहमतिका बिषय भए कमिटीमा छलफल गरि निकास निकाल्न पनि हामी सबैमा अबगत गराउदै बैठकमा भएको हस्ताक्षरको दुरुपयोग गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ ,–‘ हामी माओवादी केन्द्रमै रहेको छौ, कुनै पनि भ्रममा नपर्न आग्रह गर्दछौ ।’
यसरी बिज्ञप्ति जारी गर्नेहरुमा नगर सहसचिब भुवन सेन्दाङ, वाइसीएल नगर अध्यक्ष इन्द्र नेउपाने, उपाध्यक्ष सन्जिब राई ,नगर सचिवालय सदस्य धन कुमार ढकाल, धनेन राई, फिरोज ढकाल, खगेन्द्र राई , डम्बर लिम्बू, भिम बहादुर थापा ,सन्तोष काफ्ले (उमाकान्त), आशिष घिमिरे लगायत छन् ।
पार्टी सदस्यहरुले दिएको राजीनामा प्रति नगर अध्यक्ष महेन्द्र भट्टराईले राजीनामाको बिषय हल्ला मात्रै भएको वताउदै त्यस्ता भ्रममा नपर्न आग्रह गर्नु भएकाे छ  । चुनावी कार्यक्रममा ब्यस्त भएको बेला बैठक पुस्तिकाको दुरुपयोग गरि अतिरञ्जित प्रचार गरिनु गलत भएको उहाँले विज्ञप्ती मार्फत जानकारी दिनु भएकाे छ । पार्टीमा सैद्धान्तिक बिषयमा कसैको असहमत भए छलफलबाट निकास निकाल्न नगर समिति तयार रहेको पनि उल्लेख गरिएकाे छ । उहाँले पार्टी भित्र गल्ती गर्न कसैलाइ पनि छुट नभएको समेत स्पष्ट पार्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा हर्सोल्लासका साथ छठ सम्पन्नः शीर्ष नेताहरू छठ पूजामै पुगेर भाेट माग्दै (फोटो फिचर)
Next post लाभकाे पदमा रहेका व्यक्तिकाे सम्पति विवरण छानविन गर्ने माओवादी केन्द्रकाे प्रतिबद्धता (पूर्ण पाठ सहित)