चुनावी नारा मात्र बन्यो नागरिकता समस्याः आदिवासी समूदाय अधिक पीडित (फाेटाे फिचर)

२३ कार्तिक २०७९/डिकेश लामा

जन्मको आधारमा बुवा आमाको नागरिकता भएर पनि छोराछोरीको नागरिकता नहुँदा नयाँ पुस्ताहरु बर्षौं देखि समस्यामा परेका छन् । हरेक निर्वाचनको वेला नागरिकता बनाउँछु भन्ने नेताहरुले यस पटक पनि नागरिकताकै मुद्धा लिएर गाउँघरमा भोट माग्न थालेका छन् । झापाको गौरादह नगरापालिका वडा नं. ६ को तेलियाडाँगी गाऊँमा धेरै घर परिवारको २ देखि ३ पुस्तासम्मको नागरिकता छैन । चुनावको वेलामा मात्र नागरिकताको विषय उठाउने गरिएको उनीहरुले दुखेसो पोखेका छन् । गाऊँकी अगुवा प्रिकीदेवी शर्माका अनुसार हरेक निर्वाचनमा भोट माग्दा श्रीमान्को र छोराछोरीको नागरिकता बनाइदिने आश्वासन दिए पनि लामो समय देखि नागरिकता नपाउँदा समस्या भएको छ ।

तेलियाडाँगी गाऊँ जस्तै दक्षिणी झापाका आदिवासी समूदायमा अझै पनि पुस्तौं देखि नागरिकताको समस्या उस्तै छ । चुनावको वेला नागरिकताका मुद्धाहरु उठाइने गरिन्छ । पटक पटक आश्वासन भन्दा पनि जन्मको आधारमा नागरिकता भएकाहरुको अर्को पुस्तालाई नागरिकता दिनु पर्ने आदिवासी समूदायका अगुवा चन्द्रप्रसाद बराइ शर्माले बताउनु भयो । शर्माका अनुसार नागरिकता सम्बन्धीको विधेयक राष्ट्रपति विधादेवी भण्डारीले नरोकेको भए सायद आफूहरुले नागरिकता पाउने भन्ने आशा पलाएको बताउनु भयो । सरकार भित्रै कसैले रोक्ने कसैले दिन खोज्ने गरेकाले पीडित जनताहरु भने नागरिकता विहीन बन्नु परेको उहाँले बताउनु भयो । यस्तै यता गौरीगंज गाऊँपालिका क्षेत्रमा मात्र ५ हजार बढी जनता बुबा आमा मध्ये कसैको नागरिक नभएको या जन्मको आधारमा नागरिकता भएकोले समस्यामा परेका गाउँपालिकाका प्रबक्ता बद्रिनारायण यादबले बताउनु भयो ।

यस्तै सिंहडबा क्षेत्रको सरदार बस्तीमा पनि यतिखेर नागरिकताकै मुद्धा लिएर भोट माग्न नेताहरु गाउँ पस्ने गरेका छन् । कतिपयको भोट कार्ड भएर पनि नागरिकता नुहँदा समस्या भएको उनीहरुले दुखेसो पोखेका छन् । संविधान जारी भएको ७ बर्षसम्म पनि नागरिकता सम्बन्धीको विधेयकले पूर्णता नपाउँदा खासगरी आदिबासी समूदायमा समस्या पर्दै आएको छ । नागरिकता नभएकै कारण शिक्षा र रोजगारबाट समेत बन्चित हुनु परेकाले चुनावी नारा मात्र नबनाई दिर्घकालिनरुपमा समस्या समाधान गर्न पीडितहरुले माग गरेका छन् । यस्तै यता दमक नगरपालिकामा २०१८ साल देखि बगान क्षेत्रमा काम गर्ने उराउ समूदायमा समेत नागरिकता धेरै समस्या भएको छ । बुवा आमाले जन्मको आधारमा नागरिकता पाएको ३ पुस्ता भइसक्दा समेत छोराछोरी नागरिकता नपाउँदा समस्या भएको. स्थानीय टोप उराउले बताउनु भयो ।
चुनावी नारामा सँधै नागरिकता दिन्छौं भन्ने नेतालाई पटक पटक जिताउँदा पनि समस्या समाधान नभएकाले यस पटक भोट नदिने र नयाँ उम्मेद्वारलाई विजय गराउने नागरिकता नपाएका पीडित परिवारको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Скачать 1xbet 1хБет приложение на телефон Бесплатно 1xbet APP download на Андроид и Айфо
Next post झापाकाे एक नम्बरमा गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा जनजाति उम्मेद्वार