झापाकाे एक नम्बरमा गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा जनजाति उम्मेद्वार

२३ कार्तिक २०७९,झापा–  झापाकाे निर्वाचन क्षेत्र नम्बर १ काे प्रदेशसभा सदस्यकाे उम्मेद्वारमा गठबन्धनले जनजाति अनुहारलाइ अघि सारेकाे छ । क्षेत्र नम्बर १ काे १ र २ मा गाेपाल तामाङ र श्यामविर लिम्बुले उम्मेदारी पाएका छन् ।
बुधबार घरदैलो अभियानका  लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङसमक्ष स्थानीयले स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका छन् । ‘मेचीनगरको हेल्दुबारी विकासमा पछि परेको छ,’ स्थानीय वृखलाल राजवंशीले भने, ‘यसका लागि गठबन्धनका उम्मेद्वारसँग समस्या राखेका छौँ, उहाँले पहल गरिदिने वाचा हामीसँग गर्नु भएको छ ।’ उनले विगतमा जितेर गएका उम्मेद्वार फर्केर नआएकाले यसपाली गठबन्धनलाई भोट दिएर जिताउने बताउनु भयाे ।
स्थानीयका मागलाई आफूले गम्भीर रुपमा लिएको बताउँदै प्रदेशका उम्मेद्वार तामाङले जितेर गएपछि यस क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर योजना बनाउने बताउनु भयाे । साविक ज्यामिगरगढी गाविस हाल मेचीनगर–१५ वडाको विकासको खाका बनाएर तत्कालै स्वास्थ्य, शिक्षा, रोजगारीसँगै सुकुम्बासी समुदायको उत्थानका लागि कार्यक्रम ल्याइने उहाँले बताउनु भयाे ।
घरदैलो अभियानका क्रममा उम्मेद्वार तामाङले निलकोठी, लालझोडा, खवास गाउँ, गाइनबारी, रघुविरबारीका मतदाताको गुनासो सुनेका छन् ।  यस्तै उहाँकाे विपरित ध्रुबबाट नेकपा एमालेका उम्मेद्वार रविन्द्र काेइराला चुनावी मैदानमा हुनु हुन्छ । काेइरालाले समेत अाफू लामाे समय देखि झापामा रहेर जनताकाे हितमा काम गरेकाले जनताले विश्वास गर्ने बताउँदै अाउनु भएकाे छ । प्रतिनिधिसभासदस्यमा गठबन्धनबाट काँग्रेशका महामंन्त्री विश्वप्रकाश शर्मा र एमालेका नेता पूर्व मन्त्रि अग्नी खरेलबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै प्रदेशसभा २ का सदस्यका लागि एमालेका कल्याण खड्का र गठबन्धनका तर्फबाट माअाेवादी केन्द्रका  लिम्बुबीच प्रतिष्पर्धा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चुनावी नारा मात्र बन्यो नागरिकता समस्याः आदिवासी समूदाय अधिक पीडित (फाेटाे फिचर)
Next post धानको समर्थन मूल्य तोकियोः गत बर्ष भन्दा २ सय रूपयाँ बृद्दि