२६ कार्तिक २०७९, झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनका मुखमा जात र धर्मको आधारमा हिंसा मच्याउन खोज्नु देशद्रोह भएको बताएका छन् । आज झापाको भद्रपुरमा पत्रकार सम्मेलन गर्दै लिङ्देनले आफूविरुद्ध निर्वाचनको स‌ंघारमा जात र धर्मको आधारमा घृणा पैदा गर्न खोजेको आरोप लगाएका हुन् । केही दिनअघि आदिवासी जनजाति महासंघ झापाले उहाँ उम्मेदवार भएको झापा–३ मा उम्मेदवारसँग अन्तर्क्रिया गरेको थियाे । उक्त अन्तर्क्रिया कार्यक्रममा लिङ्देनका प्रतिद्वन्द्वी कृष्णप्रसाद सिटौला मात्र जानु भएकाे थियाे । लिङ्देनलाई निमन्त्रणा दिँदा पनि नआएको महासंघले नै हल्ला फिँजाएको लिङ्देनको आरोप छ ।

‘दुइ तीन दिनअघि कांग्रेसको प्रायोजनमा जनजाति महासंघको भेला बोलाइयो। त्यहाँ मेरो प्रतिद्वन्द्वी उम्मेदवारलाई बोलाएको रहेछ। राजेन्द्र लिङ्देनलाई पनि बोलाइएको आएन भनेछन्। जातीय हिंसा पैदा गर्न खोजियो,’ उहाँले भन्नु भयाे, ‘मलाई निमन्त्रणा गरिएको थिएन । निमन्त्रणा गरिएको पुष्टि भए म उम्मेदवारी त्यागेर कृष्णप्रसाद सिटौलालाई सहयोग गर्न तयार छु ।’

उनले भ्रामक प्रचारको पछि नलाग्न आग्रह गर्नु भयाे । आफू पहिचान विरोधी नभएको उहाँले बताउनु भयाे । तर, पहिचानका कुरा गर्दा राष्ट्रिय पहिचान भुल्न नहुने समेत बताउनु भयाे । लिङ्देनले आफू जवाफदेहिताबाट नभाग्ने र याे पटककाे निर्वाचन यस अघि अाफूले गरेका विकासका कामलाइ समेत गठबन्धनले भ्रामक हल्ला फिजाएकाे उहाँले बताउनु भयाे ।

उहाँले आफू ७४ सालमा प्रतिनिधिसभामा निर्वाचित भएपछि साे ठाउँकाे विकास भएकाे दावी गर्नु भयाे । ‘यो निर्वाचन क्षेत्रका जनताले कालोपत्रे सडक कस्तो हुन्छ भन्ने हेर्न बिर्तामोड कि बिहार जानुपर्थ्यो । ठाउँ–ठाउँ भएको कालोपत्रे हेर्न भद्रपुर आउनुपर्थ्यो। अहिले कालोपत्रे सडकले यो क्षेत्रका सबै वडालाई छोएको छु,’ उहाँले भन्न भयाे, मेची, बिरिङ नदी पीडाको रूपमा थियो। अहिले तटबन्ध भएको छ ।’ सम्मेलनमा यस पटककाे निर्वाचनमा एमालेले दिएकाे सहयाेगलाइ राप्रपाबाट कुनै पनि घात हुने कार्य नहुने समेत उहाँले दावी गर्नु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *