राना तीन दशकदेखि जनप्रतिनिधि भएर जनतासँगः के छ उहाँकाे भनाइ? (भिडियाे कथा)

२७ कार्तिक २०७९, झापा– हरिकुमार राना, झापा–२ का लागि परिचित नाम हो । यसपटक झापा क्षेत्र नम्बर दुईमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनु हुन्छ । माओवादीबाट उम्मेदवारी दिनु भएका राना यो क्षेत्रका लागि नौलो नाम हैन । उहाँ लामो समयदेखि कम्युनिष्ट राजनीति आन्दोलनमा हुनु हुन्छ । संगठन र पार्टीको काम मात्र हैन उहाँ निरन्तर जनताको काममा हुनु हुन्छ । तीन दशकदेखि जनप्रतिनिधिको रूपमा काम पनि गर्दै आउनु भएको छ । त्यसकारण उहाँसँग जनताको सुख दुःख पनि जोडिएको छ । संसदीय यात्रामा पहिलोपटक यात्रा गर्ने अवसर पाउनु भएको छ उहाँले ।

तर, यसअघि उहाँले तीनपटक जनप्रतिनिधिको रूपमा काम गरि सक्नु भएको छ । २०४९ र ५४ सालमा साविक शनिश्चरे गविसको अध्यक्ष भएर सफलतापूर्वक काम गर्नु भयो । त्यो बेलामा स्थानीय निकाय शक्तिशाली थिएन । आफैँ कार्यक्रम बनाउने र योजना कार्यान्वयन गर्ने तहमा थिएन । तसर्थ जनताको न्याय सम्पादनमा काम गरेको उहाँको भनाइ छ ‘त्योबेलाको गाविस अध्यक्षलाई त्यति धेरै अधिकार थिएन,’ उहाँ भन्नु हुन्छ, ‘न्याय सम्पादनको क्षेत्रमा चाहिँ काम गरियो ।’

राना संघीयता कार्यान्वयनपछि भएको शक्तिशाली स्थानीय सरकार अर्जुनधारा नगरपालिकाको पहिलो निर्वाचित मेयर हुनु भयो । रानाको इतिहासमा कुनै निर्वाचन हारेको रेकर्ड छैन । उहाँ तीनपटक जनप्रतिनिधि हुनु भयो । अहिले चौथो जितका लागि अनवरत जनताको घरदैलोमा पुग्दै आउनु भएको छ । ‘मैले आफूले पाएको जिम्मेवारीलाई इमान्दारितपूर्वक पालना गरेको छु । जनताको सेवा नै आफ्नो परम कर्यव्य ठानेको छु । इमान्दार सेवकलाई जनताले भोट दिनुहुनेछ,’ उहाँले भन्नु भयो, ‘मेयर हुँदा १ सय २५ वटा पुल बनाएको छु । न्यूनतमः २५ लाखदेखि तीन करोड ४८ सालसम्मको पुल बनाएका छौँ । पुल बनाउँदा रोङ र माईसँग पनि सहकार्य गरेका छौँ । खुदुनाबारीको फाल्गनुन्द चोकदेखि १४ किलोमिटरको परको सहकाले गाउँमा विजुली थिएन, विजुली पु¥यायौँ । पिउनेपानी, बाटो थिएन । स्वास्थ्य केन्द्र बाल केन्द्र थिएन । त्यहाँ पनि सबै व्यवस्थापन ग¥यौँ । चार सय किलोमिटरभन्दा धेरै धुलौटेबाटोलाई बलौटे र कलौटे बाटोमा रुपान्तरण गरेका छौँ । ८ वटै वडा कार्यालय बनाएका छौँ । ११ वटै वडामा स्वास्थ्य केन्द्र पु¥याएका छौँ ।’

उहाँका प्रतिस्पर्धी एमालेका देवराज घिमिरेसँग जनताको प्रतिनिधि भएर काम गरेको अनुभव छैन । पार्टी संगठनमा यतिका वर्ष काम गरेँ भन्नेबाहेक केही एजेन्डा छैन । यस्तो अवस्थामा रानासँग जनप्रतिनिधि भएर काम गरेका योजना साट्दै र बाँकी दिनमा अन्य काम पनि गर्ने योजना सुनाउँदै भोट मागिरहेका छन् । रानालाई प्रतिस्पर्धीमा घिमिरे पाउँदा निकै फाइदा छ । घिमिरेलाई झापा–२ मा एमालेकै कार्यकर्ताले पनि रुचाएका छैनन् । झापा–२ मा अग्नी खरेलले निर्वाचन लड्ने तयारी गर्दै गर्दा एक्कासी देवराज आएपछि कार्यकर्तामा असन्तुष्टिका चाङ छन् । यही असन्तुष्टि मत सहज आउने अनुमान छ रानालाई । विगतमा लामो समयसम्म एमालेको राजनीति गरेर झापा–२ मा प्रभाव जमाएका कारण पनि रानालाई एमालेको मत आउँछ । एमालेमा अधिकांश उहाँले बनाएका कार्यकर्ता छन् । तसर्थ उहाँका प्रतिस्पर्धी निकै अप्ठेरोमा छन् । यद्यपि गठबन्धनभित्र एकता भएका कारण पनि सहज जित निकाल्न सकिने रानाको भनाइ छ । ‘गठबन्धनभित्र एकता छ । जितको आधार यही नै हो । कांग्रेसमा पनि विस्तारै एकता आउँदैछ,’ उहाँले भन्नु भयो, ‘माओवादीमा पनि म आएपछि एकता सुदृढ भएको छ । हरि रानाको उम्मेदवारीले गठबन्धनभित्र अभूतपूर्व एकता भएको छ ।’
तर यता झापामा एमाले र राप्रपाको तालमेलमा बनेको विपरित प्रतिद्वन्द्वीको ध्रुबबाट उम्मेद्वार बन्नु भएको घिमिरेले पनि आफूले निश्चिन्त भएर विजयी हुने भन्दै भोट माग्दै आउनु भएको छ । एमाले पार्टीबाट पहिलो पटक सांसदको टिकट पाउनु भएको उहाँले एमालेको गढ भएकाले पनि आफ्नो विजय हुने दावी गर्दै आउनु भएको छ ।

उम्मेद्वार हरिकुमार रानासँग गरिएको कुराकानीमा आधरित सामाग्रीको भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Mostbet, Azərbaycanda ən yaxşı onlayn kazinolardan bir
Next post झापामा सवै हतियार बुझाइएन