झापामा शान्तिपुर्वक निर्वाचन सम्पन्नः ६७.२७ प्रतिशत मत खस्यो (फोटो फिचर)

४ मंसीर २०७९/डिकेश लामा
झापामा शान्तिपुर्वक मतदान कार्याक्रम सम्पन्न भएको छ । तर अघिल्लो बर्ष जस्तो मतदान भने हुन नसकेको निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । यसको अघिको स्थानीय तहमा ७० प्रतिशत भन्दा धेरै मत झरेको थियो भने यस पटकको निर्वाचनमा ६७ दशमलव २७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । जिल्लामा सवैभन्दा धेरै क्षेत्र नं. १ मा ७२ दशमलव ६० र सवै भन्दा थोरै क्षेत्र नं. ४ मा ६४ दशमलव ४४ प्रतिशत मत खसेको छ ।


यस्तै यस अघि २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मत समेत ६६ प्रतिशत खसेको थियो । झापामा देशकै दोस्रो धेरै ६ लाख ६३ हजार ३ सय ११ मतदाता रहेका छन् ।
जिल्लामा मतपेटिका अनुसारको मत खसाल्ने कार्यक्रमा सट्टा पट्टा हुने र विवाद हुने कार्य समेत आधा दर्जन बढि निर्वाचन केन्द्र भएको छ । तथापि निर्वाचन अधिकृत र सर्वदलीय वैठकले गल्तिलाई सुधार गरेर शान्तिपुर्वक मतदान कार्यक्रम सम्पन्न भएको झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो ।


मतदान भईसके पछि मतपेटिकालाई जिल्लाको ५ निर्वाचन क्षेत्रको निर्वाचन कार्यालयमा ल्याउने काम धमाधम भइरहेको छ । झापामा निर्वाचन क्षेत्र नं. १ को मेचिनगर नगरपालिका, क्षेत्र नं. २ को अर्जुनधारा नगरपालिका, ३ को भद्रपुर नगरपालिका, ४ को कन्काई नगरपालिका र क्षेत्र नं. ५ को दमक नगरपालिकामा मत गणना हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमै चासाे रहेकाे झापामा निर्वाचनका लागि तयारी पुरा (फोटो फिचर)
Next post १५ स्थानमा मतदान स्थगितः २ दिन भित्र चुनाव गरिने प्रयास