१५ स्थानमा मतदान स्थगितः २ दिन भित्र चुनाव गरिने प्रयास

४ मंसीर २०७९,काठमाडौं– निर्वाचन आयोगले १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ । आइतबार साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गुल्मी, सुर्खेत, नवलपरासी, बाजुराका १५ स्थानमा मतदान स्थगित गरिएको बताउनु भएकाे छ । ‘मतदानलाई शान्तिपूर्ण र सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न खोजे पनि सुर्खेत, नवलपरासी, गुल्मी, बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगन हुन पुगेको छ । आयोगले सबै मतदान अधिकृतहरुलाई आज मध्यान्ह निर्देशन दिँदै, मतदान केन्द्रमा सामान्य विवादको कारण आज स्थगन भएको स्थानमा सुचारु गर्न प्रयत्न गरेको थियो’ थपलियाले भने ‘साँझ ५ बजेसम्म स्थगन भएको सूचना टाँस नगर्न, आयोगको पूर्व सहमति लिएर मात्रै स्थगन भएको सुचना टाँस गर्न निर्देशन दिएको थियो ।’ थपलियाले स्थगित भएको स्थानमा २ दिनभित्र मतदान गर्ने वातावरण निर्माण गर्न निर्देशन दिएको बताउनु भयाे । ‘केही जिल्लाको मतदान केन्द्रमा केही कारणवस मतदान कार्य रोकिएकोमा राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि तथा कर्मचारीसँग छलफल गरि पुन सूचारु गरिएको थियो । त्यस क्रममा राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधिहरुको संयमता र सौहाद्रताका लागि आयोग धन्यवाद ज्ञापन समेत गर्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा शान्तिपुर्वक निर्वाचन सम्पन्नः ६७.२७ प्रतिशत मत खस्यो (फोटो फिचर)
Next post मतदानमा प्रहरीले गाेली चलाउँदा एक जनाकाे मृत्युः ३ जना घाइते