
११ माघ २०७७, काठमाण्डाैं– प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिनु भएकाे छ । भोजपुरका ५० वर्षीय राई आज संखुवासभाकी २३ वर्षीया जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिनु भएकाे हाे । काठमाडौंको एलिस पार्टी प्यालेसमा राईको परम्परागत विवाह भएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले मुख्य मन्त्री राईले थोरै संख्यामा जन्ती सहभागी भएका छन् । बेहुला र बेहुली परम्परागत भेषभुषामा सजिएका छन् । मुख्यमन्त्री राईको विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाललगायतको उपस्थिति थियो । ५० वर्षकाे ढल्कदाे उमेरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र २३ वर्षीया मोडल जाङमु शेर्पाबीचकाे विवाहकाे विषयले पछिल्लाे समय सामाजिक संजाल समेत चर्चा कमाएकाे छ ।

