७ मंसीर २०७९/झापा
झापाको निर्वाचन क्षेत्र नं.२ मा नेकपा एमालेका देवराज घिमिरे विजयी हुनु भएको छ । उहाँले स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाल (स्वागत)लाई हराउँदै विजयी हुनु भएको हो । घिमिरेले २८ हजार ६ सय ९७ मत प्राप्त गर्नु भएको छ । यस्तै उहाँको निकटतम प्रतिद्वन्द्वी नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गर्नु भएको छ ।
यस्तै ५ दलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार हरिकुमार राना मगरले भने १३ हजार ९ सय २४ मत प्राप्त गर्नु भएको छ । योसँगै झापामा ३ वटा निर्वाचन केन्द्रको प्रतिनिधिसभा सदस्य पदको अन्तिम मत सार्वजनिक भईसकेको छ ।
