८ मंसीर २०७९/डिकेश लामा
झापाको निर्वाचन क्षेत्र नं.३ मा यस पटक पनि राजेन्द्र लिङदेन विजयी बन्नु भएको छ । यस अघिका प्रत्यासी नेपाली काँग्रेशका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई ३ हजार बढी मन्तान्तरले विजयी बन्नु भएको छ ।
लिङदेनले ४० हजार ६ सय ६२ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३ सय ६८ मत प्राप्त गर्नु भएको छ । योसँगै झापामा ५ वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्य तर्फको मत परिणाम सार्वजनिक भईसकेको छ । झापामा ३ वटा क्षेत्रमा एमाले र एक/एक स्थानमा काँग्रेश र राप्रपा विजयी बनेका छन् ।
