झापा ४ का सांसद साँवाले अधुरा योजनामा जोड दिने

१५ मंसीर २०७९/सारासन्देश समाचार

झापाको हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कन्काई र विरीङ नदिको पुल निर्माणमा जोड दिने बताइएको छ । निर्वाचन जिते पछि आज पत्रकारसँग भेटघाट कार्याक्रममा बोल्दै झापा निर्वाचन क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवा लिम्बुले आफ्नो क्षेत्रमा पर्ने बहुप्रतिक्षित पुल निर्माणमा जोड दिने बताउनु भयो । साँवाले निर्वाचन लड्दा एमाले पार्टीको भए पनि जिते पछि आफू सवैको प्रतिनिधिको हैसियतबाट काम गर्ने बताउनु भयो । उहाँले १ दशक अघि देखि बनाउन थालिएको हुलाकी सडकको आफ्नो क्षेत्रमा पर्ने मुख्य २ वटा पुल जसरी भए पनि पुरा गर्ने तर्फ लाग्ने बताउनु भयो ।

यस्तै उहाँले हालै सम्पन्न निर्वाचनको मत परिणामले सरकार बन्ने विषयमा अन्योलता आउने समेत बताउनु भयो । पुरानो पुस्ताका नेतृत्वले यूवा पुस्ताको सोच अनुसारको काम गर्न नसक्दा नयाँ दलको उदय हुन थालेको समेत उहाँले बताउनु भयो । सांसद साँवा यस अघि पनि झापाको निर्वाचन क्षेत्र नं. ४ बाट विजयी बन्नु भएको थियो । उहाँले लगातार २ वटै निर्वाचनमा नेपाली काँग्रेशका निकटम प्रतिष्पर्धी देउकुमार थेवेलाई पराजित गरेर विजयी बन्नु भएको हो । यस पटककाे निर्वाचनमा साँवाले २९ हजार ३ सय १५ मत ल्याउँदा उहाँकाे निकटतम प्रतिष्पर्धी देउकुमार थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गर्नु भयाे । थेवे यस अघि २०७४ सालकाे निर्वाचनमा पनि साँवासँगै पराजित बन्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुनसरी ४ बाट मन्त्री कार्की विजयीःजनताकाे विश्वास गुम्न नदिने प्रतिवद्धता
Next post झापामा यस बर्ष धानको क्षेत्रफलसँगै उत्पादन घट्यो