समर्थन मुल्यमा धान खरिद प्रभावकारी नहुँदा किसान मारमा (फाेटाे फिचर)

१८ मंसीर २०७९/डिकेश लामा

सरकारले न्यूनतम समर्थन मुल्य तोकेर धान खेती गर्ने कार्यक्रम संचालन गरेको ३ बर्ष भएको छ । तर सवै क्षेत्रमा कार्याक्रम पुग्न नसक्दा किसानले व्यापरीलाई सस्तो मुल्यमा धान विक्री गर्नु पर्ने बाध्यता रहेको उनीहरुले गुनासो पोखेका छन् । नेपालको सवै भन्दा धेरै धान खेती हुने झापा जिल्लामा समर्थन मुल्य खरिद तथा कार्यान्वयन निर्देशिका कार्यान्वयन भएको ३ बर्षमा पनि प्रभावकारी हुन सकेको छैन । निश्चित सहकारी संस्था तथा समूहले कारोवार गर्दा अधिक किसानले समर्थन मुल्यमा धान विक्री गर्न नपाएको गुनासो गरेका छन् ।

कार्याक्रम संचालन भएको शुरुमा दर्जन बढी कृषि सहकारीले कार्याक्रम संचालन गरेको भए पनि पछिल्लो समय घट्दै गएको छ । गत बर्ष झापामा गौरादह नगरपालिकाको महारानीझोडा साना किसान कृषि सहकारी संस्था र गौरीगंजको महाभारा साना किसान कृषि सहकारी संस्थाले मात्र धान खरिद गरे । जिल्लामा झण्डै साढे ४ लाख मेट्रिक टन धान उत्पादन हुँदा एक प्रतिशत धान पनि खरिद हुन सक्दैन । जसले गर्दा ग्रामिण क्षेत्रका धेरै किसानले सस्तो मुल्यमा धान विक्री गर्नु पर्ने स्थिति रहेको बाह्रदशी गाउँपालिका क्षेत्रका किसानले दुखेसो पोखेका छन् ।

यस बर्ष अघिल्लो बर्षको तुलनामा प्रति क्वीन्टल २ सय रुपयाँ हाराहारीमा मुल्य बृद्धि भएको छ । मोटा धान र मसिनो धान प्रति क्वीन्टल २ हजार ९ सय ६७ र ३ हजार १ सय २८ रुपयाँ मुल्य तोकिएको छ । समर्थन मुल्यमा सहभागी हुने सहकारी तथा समूहलाई अनुदान दिएर कार्याक्रम संचालन गरिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार धान खरिदले मात्र किसानको समस्या समाधान नभई धानबाट चामाल तथा अन्य परिकार बनाएर विक्री गर्ने अवस्था गाऊँघरमै सृजना नगरेसम्म किसानको समस्या समाधान नहुने उहाँले बताउनु भयो ।

सरकारले ल्याएको समर्थन मुल्य खास गरी पहँुच नभएका साना किसान माझ पुग्न सकेको छैन । कृषि सहकारी मार्फत यो कार्यक्रम संचालन हुने भएकाले सूचिकृत संस्था बाहेकका सवै किसानहरु समर्थन मुल्यमा धान विक्री गर्नबाट बन्चित हुनु परेको छ ।
सहकारी तथा समूह मार्फत धान खरिद गर्दा सरकारले प्रति क्वीन्टल १ सय १२ रपयाँ अनुदान दिने गरेको छ । तर समूहमा आवद्ध नभएका किसानले भने अनुदान पनि नपाउने र धान पनि सस्तो मुल्यमा विक्री गर्नु पर्दा जिल्लाका अधिकांश किसान मारमा परेको उनीहरुले गुनासो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा ड्राइगन खेतीमा यूवाको आकार्षण (फाेटाे फिचर)
Next post झापाकाे चर्चित र पुरानाे धार्मिक पर्यटकीय क्षेत्र दोमुखाकाे मुहार फेरिँदै (फाेटाे फिचर)