झापामा ड्राइगन खेतीमा यूवाको आकार्षण (फाेटाे फिचर)

१७ मंसीर २०७९/बालदिवश तामाङ

झापामा पछिल्लो समय ड्राइगन फलफुल खेती विस्तार हुनेक्रम बढेर गएको छ । विदेशबाट फर्किएर स्वदेशमै केही गरौं भन्ने युवाहरुको समेत आकार्षण बढ्न थाले पछि ड्राइगन फलफुल खेती व्यवसायिक बन्दै गएको हो । गौरादह नगरपालिका वडा नं. ६ का मिलन तामाङ १२ बर्ष विदेशमा वसेर स्वदेश फर्कनु भयो । उहाँले स्वदेशमा के गर्ने भन्ने विषयमा यूटुवमा हेरेर ड्राइगन खेती थाल्नु भयो । साँच्चै अहिले घरबाटै प्रति केजि ५ देखि ६ सय रुपयाँमा फल विक्री हुन थाले पछि यो खेतीबाट आम्दानी लिन सकिने उहाँको अनुभव छ । तामाङका अनुसार विदेशबाट फर्किएर के गर्ने भन्ने विषयमा यूट्यूवमा हेरेर लिएको ज्ञानले व्यवसाय गर्न सहयोग पुग्यो ।

झापा जिल्लामा पछिल्लो समय यूवा पुस्ताको कृषि तर्फ आकार्षण बढ्न थालेको छ । तर बजारको ग्यारेन्टी नहुँदा व्यवसायिकरुपमा खेतीमा लागेका किसानलाई निराशा हुने गरेको उनीहरुले दुखेसो पोखेका छन्।

जिल्लामा पछिल्लो समय ड्राइगन फलफुल खेती तर्फ युवाहरुको आकार्षण बढ्न थालेको छ । यस्तै राम्रो आम्दानी हुन थाले पछि शिवसताक्षीका मदन बेघा लिम्बुले बाह्रदशी वडा नं. ७ मा ठूलो क्षेत्रमा ड्राइगन खेती थाल्नु भएको छ । वेघाले यस अघि २ विगाहमा खेती गरिसक्नु भएको छ भने ५ विगाह क्षेत्रफलमा लाउने तयारी गर्दै हुनु हुन्छ । यस्तै अर्जुनधारा ११ मा अर्का युवा कृष्ण गौतमले फार्म खोलेरै ड्राइगन फलको खेती थाल्नु भएको छ । गौतमका अनुसार अघिल्लो बर्ष कृषि ज्ञान केन्द्रले अनुदान उपलव्ध गराए पछि खेतीमा थप प्रेरणा मिलेको बताउनु भयो ।

प्रति केजी ५ सय रुपयाँमा बगानबाटै विक्री हुँदै आएको ड्राइगन फल जिल्लामा विस्तार हुने क्रम बढेर गएको छ । खेती विस्तारका लागि कृषि ज्ञान केन्द्र झापाले समेत सहयोग गर्न थाले पछि खेती तर्फ यूवाहरुको आकार्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र झापाका बागवानी विकास अधिकृत अंकित भट्टराईले बताउनु भयो ।

झापामा २ बर्ष देखि व्यवसायिकरुपमा थालिएको ड्राइगन फल खेतीबाट युवाहरुले पछिल्लो समय आम्दानी समेत लिन थालेका छन् । महँगो मुल्यमा विक्री हुने यस्ता फलफुल स्वदेशमै उत्पादन गर्न सके आयात प्रतिस्थापनसँगै राम्रो आम्दानी समेत लिन सकिने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा यस बर्ष धानको क्षेत्रफलसँगै उत्पादन घट्यो
Next post समर्थन मुल्यमा धान खरिद प्रभावकारी नहुँदा किसान मारमा (फाेटाे फिचर)