रास्वपा सभापति रवि लामिछाने पक्राउ

२ कार्तिक २०८१,  काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछाने पक्राउ पर्नु भएको छ ।

सहकारी ठगी प्रकरणकाे आराेपमा लामिछानेलाई आज साँझ पार्टी कार्यालय बालाजुबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताउनुभयो ।

उहाँले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गर्नु भएकाे छ । आज कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

पक्राउ पर्दा रास्वपाका कार्यकर्ताहरुले नाराबाजी गरेका छन् ।  लामिछाने पक्राउ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार साँझ रास्वपा पार्टी कार्यालय वनस्थलीबाट लामिछानेलाई पक्राउ गर्ने क्रममा राजस्वा कार्यकर्ता र समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा माथि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई पक्राउ गर्न पुर्जी जारी