१७ पुस २०७९, झापा– निर्माण सम्पन्न भएकाे ढेड बर्ष पछि पूर्वी एशियाली देशहरूलाई जोड्ने एशियाली राजमार्ग अन्तर्गत मेचीनगर काँकडभिट्टाकाे मितेरी पुल संचालन गरिएकाे छ ।
मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरूले आइतबार आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर पुल सञ्चालनमा ल्याइएको हो । मितेरी पुलकाे लम्बाइ ५ सय ७५ मिटर रहेकाे छ ।
नवनिर्मीत पुलको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले नेपालतिर र नक्सलबारी भन्सार डिभिजनका उपआयुक्त छिरिङ शेर्पाले रिबन काटेर उद्घाटन गर्नु भएकाे हाे  । अाैपचारिकरूपमा अाज उद्धाटन गरिए पनि पुल भने संचालन मै रहेकाे थियाे ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७३ सालमा पुल निर्माणको सम्झौता गरेका थिए । पुलको आधा भाग नेपाली सीमाभित्र र आधा भाग भारतमा छ । एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना अन्तर्गत एसियाली विकास बैङ्कको भारतीय एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *