१९ पाैष २०७९,बिर्तामोड – ट्र्याक्टरमा मोटरसाइकल ठोक्किएर झापाको बुद्धशान्ति गाउँपालिकामा एक युवाको ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् ।
बुद्धशान्ति-३ झिल्मिले पुलस्थित मेची राजमार्गमा भएको दुर्घटनामा परी मोरङ केराबारी गाउँपालिका ८ का २१ वर्षीय योसन लिम्बूको मृत्यु भएको हो । मंगलबार अपराह्न साढे १ बजे प्रदेश–१–०१–००१ त ९७९७ नम्बरको ट्र्याक्टरमा को २० प ३२७८ नम्बरको मोटरसाइकल ठोक्किन्दा दुघर्टना भएकाे थियाे ।
दुर्घटनामा मोटरसाइकल चालक लिम्बू र पछाडि सवार मोरङ बेलबारी नगरपालिका-४ की १७ वर्षीया लीला श्रेष्ठ घाइते हुनु भएकाे छ । उनीहरुको बिर्तामोडमा उपचारका क्रममा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिनु भयाे ।
