दमकमा धनीपूर्जा वितरणः जीवनमा पहिलाे पटक धनीपूर्जा पाउँदा भूमिहीन खुशी

१९ माघ २०७९/डिकेश लामा
झापाको दमकमा आज भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाको हातबाट दमक नगरपालिका वडा नं. १० को कार्यालय परिसरमा २७ परिवारलाई धनिपूर्जा वितरण गरिएको छ । कार्याक्रमका प्रमुख अतिथि रहनु भएको निरौलाले देशमा यस अघिका आयोग गरेको काम भन्दा यो वैज्ञानिक ढंगबाट थालनी गरिएकाले अबको सरकारले सकरात्मक सहयोग गरे ५ बर्षमा भूमिहिन तथा सुकुम्बासीको समस्या समाधान गर्न सकिने बताउनु भयो ।


लामो समय देखि पटक पटक जग्गा धनीपूर्जा वितरण गर्ने भन्दै फारम भरे पनि आधिकारिक धनीपूर्जा पाउन नसकिरहेका भूमिहीनहरु धनीपूर्जा प्राप्त गर्दा खुशी भएको ६५ बर्षको उमेरमा पहिलो पटक आफ्नै नाममा धनीपूर्जा पाउँदा खुशी भएको कालिनन्द दासले बताउनु भयो । यस्तै ८१ बर्षकाे उमेरमा जिवनमा पहिलाे पटक धनीपूर्जा पाउँदा अति खुशी भएकाे दमक वडा नं. १० का अमर विश्वकर्माले बताउनु भयाे ।
झापाको दमकमा मात्र ८ हजार बढी भूमिहीन रहेको र यो पहिलो पटक सम्पूर्ण प्रकृया पुर्याएर वितरण गरेको र यो प्रकृया जारी रहने नगरप्रमुख रामकुमार थापाले बताउनु भयो । यस्तै उपप्रमुख रेगिना भट्टराई प्रसाईंले नगरको प्रयास र भूमि आयोगको मेहनेतबाट भूमिहीनहरुका लागि धनीपूर्जा वितरणको शुरुवात हुनु ठूलो उपलव्धी भएको बताउनु भयो । यस पटक वितरण गरेको धनीपूर्जा १० बर्षसम्म किनवेच गर्न नपाइने व्यवस्था समेत गरेको जिल्ला भूमि आयोग झापाका अध्यक्ष तिलकसिंह पाण्डेले बताउनु भयो ।
झापामा ४८ हजार हाराहारीमा भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या रहेको र देश भर १६ लाख हाराहारीमा संख्या रहेको आयोगका अध्यक्ष निरौलाले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकबाट लागु औषधसहित ३ जना पक्राउः एक सातामा भारतीय सहित १३ जना पक्राउ
Next post ट्रक दुर्घटनामा दुई जनाको मृत्यु