ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

२० माघ २०७९/झापा

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–१ मा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकको पहिचान हुन सकेको छैन भने अर्का सुनसरीका मदन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनु भयो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा बाटैमा एक्कासी इन्जिन बन्द भएर रोकिएको ना ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट आउँदै गरेको ना ५ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकका चालक चौधरी र पहिचान खुल्न नसकेका सहचालकको घटनास्थलमै मृत्यु भएको प्रनाउ पाठकले जानकारी दिनु भयो ।

दुर्घटनाका कारण पूर्वपश्चिम राजमार्ग झण्डै दुई घण्टा अवरुद्ध भएको थियो । मृत्यु भएका दुवैको शव पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा धनीपूर्जा वितरणः जीवनमा पहिलाे पटक धनीपूर्जा पाउँदा भूमिहीन खुशी
Next post ग्रामिण क्षेत्रका महिलामा पाठेघरको क्यान्सर बढ्दैः वेलैमा जाँच गर्दा निकाे हुन्छ क्यान्सर