अग्नीपीडित व्यवसायीलाई ढेड लाख रूपयाँ प्रदान

१७ फाल्गुण २०७९, दमक– दमक उद्योग वाणिज्य संघले अग्नीपीडित व्यवसायीलाई ढेड लाख रूपयाँ प्रदान गरेकाे छ । तीन जना व्यवसायीकाे हित कोष मार्फत जनही रु ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
संघले आज आगलागीस्थलमा संक्षिप्त कार्यक्रम गरि एकैसाथ राहत सहयोग प्रदान गरेको हो । गत माघ १ गते भएको आगलागीबाट पीडित बनेका दमक ६ स्थित नमुना वजारका व्यवसायीहरु संगीता श्रेष्ठ, गजराज श्रेष्ठ र विजयकुमार श्रेष्ठलाई राहत सहयोग हस्तान्तरण गरिएको अध्यक्ष गोपाल गुरागाईले बताउनु भयाे । त्यहाँ उनीहरुसहित नौ जनाको पसल आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
संघ मार्फत कोषमा आवद्ध भएका सदस्यहरुलाई विपतका समयमा राहत पुरयाँउन छुट्टै कोष स्थापना गरिएको र त्यसबाट प्राप्त हुने व्याजमार्फत सहयोग पुरयाँउदैआएको अध्यक्ष गुरागाईले जानकारी दिनु भयाे । कोषमा अहिले ९० लाख बढी रकम संकलन भईसकेको बताइएकाे छ ।
राहत हस्तान्तरणमा संघका अध्यक्ष गुरागाईसहित पूर्व अध्यक्ष विजय बराल, संघका बरिष्ठ उपाध्यक्ष राजु खड्का, तृतीय उपाध्यक्ष रुवल अधिकारी,सदस्यहरु सञ्जीव बराल,हेमसिंह अधिकारीलगायतको उपस्थिति रहेको छ ।
यसैगरि, आज नै संघले आफना सदस्य लक्की सिटौलाका पिता स्व . लेखनाथ सिटौलाको निधनमा समवेदनासहित राहत कोषमार्फत रु २५ हजारको चेक समेत हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विप्लव सम्बद्ध युवा संगठनको मेची कोशी ब्यूरोका निर्णय सार्वजनिक
Next post १ करोड २० लाख मूल्य बराबरका गरगहना सहित ३ जना भारतीय पक्राउ