१ करोड २० लाख मूल्य बराबरका गरगहना सहित ३ जना भारतीय पक्राउ

१७ फाल्गुण २०७९,चितवन- चितवन प्रहरीले अवैध बहुमूल्य गरगहनासहित तीनजना भारतीय नागरिक पक्राउ गरेको छ । बहुमूल्य गहनाको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले झण्डै एक करोड २० लाख मूल्य बराबरका गरगहनासहित उनीहरुलाई पक्राउ गरेको चितनव प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्लाको फेफना थाना क्षेत्रमा बस्ने कार चालक ४२ वर्षका विनोप्रसाद, पश्चितम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने ४२ वर्षीय नरेश बर्मा र सोही स्थानमा स्थायी बसोबास गर्ने ५१ वर्षीय गणपतकुमार तोसावर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले भरतपुर–९ गोन्द्राङस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा पूर्वतर्फबाट पश्चिमतर्फ आउँदै गरेको डब्लुबी १२ एभी ५५६६ नम्बरको कारलाई रोकेर नियन्त्रणमा लिई चेक गरेको गर्दा ती गहना फेला परेका हुन्  । उनीहरुले चालकको सिटमुनी गियर बक्सभित्र लुकाई ल्याएको हीरा, सुन, पत्थर, कार र ती भारतीय नागरिकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ । चितवन प्रहरीले जनाएअनुसार सुनका गरगहना ६३ । ८९८ तोला, हिराजडित गरगहना २२ । ८७८ तोला गरी करिब १ करोड १० लाख बराबर रहेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अग्नीपीडित व्यवसायीलाई ढेड लाख रूपयाँ प्रदान
Next post दमककाे दुर्घटनामा पाँचथरका यूवाकाे मृत्यु